कृषि केन्द्रलाई १० करोड अनुदान
ललितपुर। वाग्मती प्रदेश सरकारले कृषि व्यवसायको प्रवद्र्धन गर्न भन्दै विभिन्न १० कृषि केन्द्रलाई रु एक-एक करोडका दरले अनुदान वितरण गर्ने भएको छ ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले व्यावसायिकरूपमा काम गर्ने कृषि केन्द्रलाई अनुदान वितरणका लागि सम्झौता गरेको हो । निर्देशनालयले प्रदेशका विभिन्न जिल्लामा एकीकृत मोडेल कृषिफार्म विकास तथा विस्तार कार्यक्रमअन्तर्गत माग गरेको प्रस्तावनाबाट छनोट भएका व्यावसायिक फार्मलाई रु एक- एक करोडका दरले अनुदान रकम दिन सम्झौता गरिएको हो ।
निर्देशनालयले काभ्रेको गोल्डेन फार्म प्रालि, रामेछापको सप्तभूमि एग्रो फार्म एण्ड रिसर्च सेन्टर हेलम्बु, नुवाकोटको मध्यपहाडी कृषि फार्म र प्रसिद्ध कफी स्टेट प्रालि, चितवनको केरुङ सामुदायिक तरकारी कृषि फार्म, मकवानपुरको जिके कृषि फार्म प्रालि, सिन्धुलीको एग्रो कम्पनी प्रालि, धादिङको केवलपुर एग्रो फार्म प्रालि, सिन्धुपाल्चोकको एग्रिकल्चर प्रालि र रामेछापको एग्रो एण्ड लाइभस्टक नेपाललाई अनुदान दिने भएको हो ।
उक्त कार्यक्रमका लागि प्रस्ताव प्रस्तुत गर्नेमध्ये कृषि क्षेत्रमा काम गर्ने निजी फार्म, कृषक समूह र सहकारी छनोट गरेर उनीहरुलाई ५० प्रतिशत अनुदानका लागि प्रतिकृषि केन्द्र रु एक करोडका दरले उपलब्ध गराइने सम्झौता भएको कृषि विकास निर्देशनालयका निर्देशक रवीन्द्रबहादुर प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार अनुदान प्राप्त गर्ने कृषि केन्द्रले आगामी असार मसान्तसम्ममा काम गरिसक्नुपर्ने छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

