यी मुलुकहरुबाट आउने यात्रुलाई रोक, कोरोनाले बढी प्रभावित चीनसँग यात्रा खुल्ला
काठमाडौं, ५ चैत्र । सरकारले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी विभिन्न देशबाट यात्रा गर्नेलाई अबको डेढ महिना रोक लगाउने भएको छ । यात्रा बन्देज गरिएका देशहरुमा युरोपका सबै मुलुकहरु, पश्चिम एशियालगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेशिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रु रहेको उल्लेख छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको सयोजकत्वमा गठित कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आज गरेको निर्णय शुक्रबार अर्थात् ७ चैत्र मध्यरातिबाट लागू हुनेछ । त्यसपछि यात्रा बन्देज गरिएका देशहरुबाट कोही पनि नेपाल प्रवेश गर्न पाउनेछैनन् । यो यात्रा बन्देज १७ वैशाखसम्म लागू हेनेछ ।
तर, कोरोनाको सबैभन्दा बढी संक्रमण देखिएको चीनबाट आउने यात्रीलाई भने बन्देज लगाइएको छैन । चीनमा सबैभन्दा पहिले कोरोना संक्रमण सन् २०१९ को अन्ततिर देखिएको थियो । नेपालमा कोरोना भाइरसको संक्रमित एकजना पनि चीनबाट फर्किएका विद्यार्थी थिए ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह



