कतारमा पहिलो पटक एक नेपालीलाई मृत्युदण्ड,के थियो कसुर ?
काठमाडौँ | पहिलो पटक कतारमा एक नेपालीलाई मृत्युदण्डको सजाय दिईएको छ । नेपालको औराही–१, मोहत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्डको सजाय दिइएको हो ।
कतारमा नेपालीलाई मृत्युदण्डको सजाय दिईएको यो नै पहिलो घटना हो । चौधरीलाई कतारका एक नागरिकको खुकुरी प्रहार गरि हत्या गरेको कारण मृत्युदण्डको सजाय सुनाइएको थियो । चौधरीले कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गरेको थियो ।
उनलाई मृत्युईदण्ड दिने तल्लो अदालतको फैसलालाई कतारको सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो । कतारमा हत्या गरिएका नागरिकको परीवारले चौधरीलाई माफी दिन अस्वीकार गरेको थियो । मृत्युदण्ड पाएका चौधरीको शव नेपाल पठाउनको लागि स्वीकृति समेत दिईएको छ ।
मृत्युदण्ड पाएका चौधरी २०१५ मा कतार गएका थिए । उनि कार धुने कम्पनीमा काम गर्थे । उनले घटना घटाएपछि तल्लो अदालतले मृत्युदण्डको फैशला गरेको थियो । अदालतमा बयान दिने क्रममा अनिलले आफ्नो सुरक्षाका लागि प्रतिकार गर्दा कतारी नागरिकको मृत्यु भएको बताएका थिए । तर अदालतले त्यसलाई हत्या ठहर गर्दै अनिललाई मृत्युदण्डको सजाय सुनाएको थियो । उनले कतारी नागरिकलाई पटक पटक खुकुरी हानेर हत्या गरेका थिए ।
कतारमा एक नेपालीले स्थानीयलाई मारेको यो पहिलो घटना हो । यद्यपि १० जना नेपाली आप्रवासी कामदार जोसँग नेपालीहरुलाई मार्ने क्रममा दोषी छन् । उनीहरु विभिन्न जेलमा जेल सजाय भोगिरहेका छन् ।
सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

