• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • १४ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • १५ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • १८ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • २० घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • २१ घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • २२ घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • २. नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

  • ३. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ४. ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

  • ५. नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

  • ६. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

  • ७. बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना

  • ८. मे महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् मासिक राशिफल

  • ९. फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

  • १०. देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

प्रांगारीक खेती संक्षिप्त झलक चुनौती र कोरोनाको महामारीमा यसको अवसर

admin २०७७, असार, ७

स्वस्थ रहन पाउनु मानिसको नैसर्गिक अधिकार भएता पनि जनसंख्या बृद्धि र भोकमरीले मानिसहरुलाई खाद्यान्नको गुणस्तर भन्दा पनि परिमाणलाई बढाउन खोजिरहदा, मानिसहरु आधुनिक (रसायनिक) कृषि अपनाउदै आएका छन् । यस प्रविधिले सुरुका केहि वर्ष राम्रो उत्पादन दिएता पनि पछि लागत र मिहिनेत बढाउदै जानु पर्ने र वातावरण मैत्री नहुँदा प्राकृतिक पद्धतिलाई र मानव स्वास्थ्यलाई समेत असर पार्छ । यसरी माटोको उर्वराशक्ति, माटोमा पाइने सुक्ष्म जीवाणु, प्राकृतिक पद्धति र मानव स्वास्थ्यलाई पर्ने असरलाई बेवास्ता गर्दै गरिने आधुनिक कृषि प्रणाली कत्तिको दुरदर्शी छ त रु जब हामीले खाने खानामा विषादी छ, सास फेर्न दुषित हावा बहन्छ , पर्यावरण नै दुषित छ भने हामी स्वस्थ रहन कसरि सक्छौं ? रसायनिक खेतीले गर्दा निम्त्याएको समस्यालाई निराकरण गर्न प्रांगारिक खेतीलाई एउटा उचित विकल्पको रुपमा अपनाउन सकिन्छ ।

प्रांगारिक खेती कृषि, वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने मल, बिउ, विषादी, सामग्री, विधि तथा व्यवहारको प्रयोग नगरिकन स्वास्थ्य, सभ्य र स्वच्छ तरिकाले संचालन गरिने एक कृषि उत्पादन प्रणाली हो । विशेष गरी प्रांगारिक खेतीमा कृतिम तरिकाबाट बनाइएका रासायनिक मलखाद, विषादी (कीटनाशक, झारनाशक, रोगनाशक आदि ), बिरुवाका वृद्धि बर्धक र नियन्त्रक हर्मोनहरु, एन्टिबायोटिक, परिवर्तित आनुवांशिक जीवहरु, रात्री मल (मानिसको दिशाबाट बनाइएको मल ) आदिको प्रयोग गर्न निषेध गरिएको हुन्छ । विश्वमा प्रांगारिक खेतीको सुरुवात सन् १९४० को दसक तिर भएको थियो भने सन् १९९० देखि विश्वोमा जैविक उत्पादकहरुको बजार पर्याप्त रुपमा बढेको पाइन्छ । नेपालले पनि पहिलो पटक दशौ पन्चवर्षे योजनाले प्रांगारिक खेती प्रणालीलाई प्राथमिकता दिएको थियो ।

आजभोलि मानिसहरु आफ्नो स्वास्थ्य प्रति निकै नै संवेदनशील छन् र मानिसहरुलाई थाहा पनि छ कि हाम्रो गलत खानपानको तरिकाले मानव स्वास्थ्यमा ठुलो असर परेको छ । त्यस कारण मानिसहरु आजभोली रासायनिक भन्दा पनि जैविक खानालाई प्रार्थमिकता दिइराखेका छन् । जैविक खाद्यान्न उत्पादन प्रमाणित हुन धेरै मापदण्डहरु पुरा गर्नुपर्छ प्रमाणीकरणको काम देश अनुसार सरकारले वा निजि संस्थाहरुले गर्छन् । नेपालमा भने थुप्रै निजि संघसंस्थाहरुले जैविक प्रमाणीकरणको काम गर्दछन् । प्रांगारिक खेती गर्दा नेपाल प्रांगारिक खेती प्रमाणीकरणले तोकेको बमोजिमक मापदण्डहरु पुरा गर्नु पर्ने हुन्छ यस अनुसार प्रांगारिक खेति र रसायनिक खेतिको बिचमा ५ मि को मध्यवर्ति क्षेत्र हुनु पर्ने ,रसायन तथा आनुबंम्शिक रुपान्तरित बस्तु पूर्ण रुपमा बन्देज , घुम्ती बालीमा कोशेवाली समावेश, संगै स्थानीय स्रोतको प्रयोग गर्नु पर्ने जस्ता कुराहरु रहेका छन् ।

चुनौती :
प्रांगारिक कृषि प्रणालीले माटोको उर्वराशक्ति बढाउनुका साथै प्राकृतिक पद्धतिलाई सन्तुलित राख्ने, कुनै जीव-जन्तुलाई हानी नपुर्र्याउने र मानव स्वास्थ्यको पनि रक्षा गर्ने भएकाले प्रांगारिक कृषि प्रणालीलाई दिगो कृषि प्रणालीको आधारभूतको रुपमा पनि लिन सकिन्छ । अधिकांस ग्रामिण भेगहरुमा प्राचिन ढंगले खेतीपाती गरिन्छ जुन एउटा प्रांगारिक खेतीको नमुना हो । धेरै फाइदा बोकेको यस कृषि प्रणाली रसायनिक कृषि पद्धति जस्तो सहज भने पक्कै छैन । त्यसै कारण प्रांगारिक खेती गरिराखेका कृषकहरुले थुप्रै चुनौतीहरुको सामना गर्नुपरिरहेको छ जस्तै :

१. रसायनिक खेतीमा खाद्यान्नको गुण भन्दापनि परिमाणलाई बढी प्राथमिकता दिने हुँदा विभिन्न रसायनिक मल तथा किटनाशक प्रयोग गरेर उत्पादन बढाइन्छ भने प्रांगारिक खेतीमा स्थानिय श्रोत र साधनको प्रयोग गरिन्छ र खाद्यान्नको गुणलाई बढी प्राथमिकता दिइदा उत्पादन कम हुन्छ ।
२. कृषकहरु यो पद्धतिलाई अपनाउन नचाहनुको कारण यसको जटिल प्रमाणीकरण पद्धति हो । नेपलमा तेस्रो पार्टी निरीक्षण प्रमाणीकरण पद्धति हुने हुँदा महँगो र लामो कागजी काम हुन्छ जुन नेपालका गरिब र अशिक्षित जनताहरुले झन्झटिलो मान्दछन । झन्डै २६ % क्षेत्रफलमा गरिने प्रांगारिक खेती मध्ये मात्र ०.३ % क्षेत्रफल प्रांगारिक परमाणीत छन् ।
३. प्रांगारिक खाद्यान्न छिटो कुहिने हुँदा सहज यातायात र चिस्यान घरको व्यवस्थापन हुनुपर्छ तर यी व्यवस्थाहरु उपलब्ध नहुँदा र मानिसमा जैविक खानाको महत्वको बारेमा ज्ञान र जनचेतना नहुँदा सहि बजार भाउ नपाएर थुप्रै खाद्यान्न कुहिएर जाने जस्ता समस्यासंग कृषकहरु जुझ्दै आएका छन् ।
४. अरुको तुलनामा जैविक खाद्यान्नको बजार भाऊ बढी हुने हुँदा उपभोक्ताले उपभोग गर्न हिच्किचाउछन् । सुरुवाती चरणमा लागत बढी लाग्ने र फाइदा कम हुने हुँदा कृषकहरुलाई घाटा बेहोर्नु पर्ने हुन्छ ।
५. जैविक खाद्यान्नले बजार नपाउने जस्ता प्रांगारिक खेती प्रणालीलाई उकास्नका निम्ति परम्परागत ज्ञानलाई समेट्दै नयाँ प्रविधि पनि अपनाउन जरुरी छ र यसको लागि दक्ष जनशक्तिको आवश्यक्ता पर्दछ । दक्ष जनशक्तिको अभावमा प्रांगारिक खेती परम्परागत मात्र रहन सक्छ ।

अवसर : कोरोनाको महामारीमा प्रांगारिक खेती एउटा बलियो हतियार बन्न सक्छ ।
बिश्वो महामारी कोरोना संक्रमणका कारण लकडाउनमा कृषक र उपभोक्ताले धेरै समस्या सहनु परेको छ । यस्तो अवस्थामा प्रांगारिक खेतीको के कस्तो सम्भावना छ र कसरी यसलाई बलियो हतियार बनाएर हामी खाद्य सङ्कट र कोरोनासंग जुध्न सक्छौ :

१. कृषि प्रधान देश भनेर चिनिने हाम्रो नेपालमा रसायनिक मल उत्पादन गर्ने एउटा पनि कल कारखाना नभएको हुँदा रसायनिक मल, किटनासक विषादि,उन्नत बिउ लगाएत कृषि सामग्री र औजारहरु समेत छिमेकि राष्ट्रबाट आयात हुदै आएका छन् । कोरोनाको संक्रमणबाट बच्न देशभरि गरिएको लकडाउनसंगै यी सामग्रीहरुको आयातमा आएको असरका कारण किसानले समयमा बिउ, मल तथा किटनासक नपाईराखेको अवस्था छ । त्यसैले प्रांगारिक खेतीमा देखा पर्ने विभिन्न चुनौतीहरुका बावजुद पनि अहिले वर्तमान आवस्थामा यसको ठूलो सम्भाव्यता देखिन्छ ।
२. रसायनिक मल उपलब्ध नभएको खण्डमा प्रांगारिक मलको प्रयोग गरेर माटोको उर्वराशक्ति बढाउनका साथै माटोमा रहने सुक्ष्म जीवाणुको सुरक्षा गर्न सकिन्छ ।
३. निकै कम मात्रामा रहेका स्थानिय जातका बिउको प्रयोग गरेर तिनलाई लोप हुनबाट बचाउन सकिन्छ ।
४. स्थानीय श्रोतलाई प्रयोग गरेर गोठे मल, हरियो मल, गड्यौले मल बनाउनका साथै गाईवस्तुको पिसाब लगाएत अन्य जडिबुटी जस्तै सयपत्री, मखमली, गोदावरी, लेमनग्रास, पुदिना, तुलसीलाई रोग तथा किट प्रतिरोधिको रुपमा प्रयोग गर्न सकिन्छ ।
५. गाउँघरमा सजिलै पाइने निम, तितेपाती, असुरोको आदिको प्रयोग गरी घरेलु वा जैविक विधिबाट मल तथा विषादि बनाउन सकियो भने स्थानिय श्रोत साधनको पनि उचित प्रयोग हुनेछ भने कृषिजन्य सामग्रीको आयातलाई घटाएर छिमेकि राष्ट्रसंग बढ्दै गएको परनिर्भरतालाई पनि कम गराउन सकिन्छ ।

६. साधारणतया प्रांगारिक खेतीमा बढी जनशक्तिको आवश्यकता पार्ने हुनाले लकडाउनका कारण बेरोजगार भएका जनता र वैदेशिक रोजगारबाट घर फर्किएका नेपाली दाजुभाइलाई प्रांगारिक खेती एक सुनौलो अवसर बन्न सक्छ ।
७. प्रांगारिक खेतीबाट उत्पादन हुने खाद्य वस्तुहरु स्वास्थ्यको हिसाबले फाइदाजनक हुने र रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा यो कोरोना जस्तो महामारी रोगसंग लड्ने आधार बन्नेछ ।
८. यस प्रविधिमा साना किसानहरुको बाहुल्यता रहने गर्दछ ।

आजको आबस्यकतालाई पूर्ति गरिरहदा भोलिको दिनमा आउन सक्ने संकटलाई नजरंदाजी गर्नु मुर्ख्यता हुनेछ । रसायनिक खेती जस्तो प्रांगारिक कृषिबाट मानव लगायत अन्य जीवजन्तु , पर्यावरणलाई पनि हानी नहुने र नेपाल जस्तो देश जहाँ स्थानीय स्रोत र साधन सजिलै उपलब्ध हुने हुँदा प्रांगारिक खेति कोशे ढुंगा साबित हुन सक्नेछ । विभिन्न प्रयोजनका साथै यसलाई सरकारी तबरबाट प्रार्थमिकता दिन जरुरि छ । दिगो कृषि, स्वस्थ उत्पादन , गुणस्तरीय खाना ,स्वस्थ जीवन ,समृद्ध समाज बनाउन एक मात्र प्रबिधि प्रांगारिक खेती जसको कुनै विकल्प छैन । सस्तो, सुलभ र स्थानीय स्रोतलाई प्रयोग गरेर सुरु गर्न सकिने हुँदा रसायनिक कृषि प्रबिधि संग प्रातिस्पर्धा गर्दै माटो तथा जैविक बिबिधताको संरक्षण गर्न सकिन्छ । रोजगार ,समाज सुधार ,बैदेशिक मुद्रा आर्जन गर्न बलियो आधार बन्न सक्छ । मानिसको औषत आयू पनि बढदै जानेछ , कोरोना लगाएतका अन्य रोगको प्रकोप कम हुन्छ जसबाट उपचारमा लाग्ने खर्च स्वत जोगिन्छ । प्रांगारिक खेती अपनाउँ कोरोना र गरिबी भगाउँ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

ताजा

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.