Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

काठमाडौं उपत्यकामा संक्रमित बढ्दै, अहिलेसम्म ३४७ जना संक्रमित

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७७, असार, २८
काठमाडौं उपत्यकामा संक्रमित बढ्दै, अहिलेसम्म ३४७ जना संक्रमित

काठमाडौं, २८ असार । देशभर कोरोना भाइरसको संक्रमित वृद्धि दर घट्दै जाँदा काठमाडौं उपत्यकामा भने बृद्धि भइरहेको छ । आज पनि उपत्यकामा छ जनामा संक्रमण पत्ता लागेको छ । उनीहरुमध्ये पाँच जना काठमाडौं र एक जना ललितपुरका हुन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार उपत्यकामा संक्रमित संख्या बढ्दै गएको बताए । हालसम्म ३ सय ४७ जना उपत्यकाभित्र संक्रमित पत्ता लागेको जानकारी दिए । उपत्यकामा संक्रमित संख्या बढेकोमा गम्भीरतापूर्वक अध्ययन भइरहेको समेत बताए । समुदायमा फैलिएको हो कि भनेर नमुना संकलन गरी अध्ययन समेत गरिएको उनको भनाई थियो ।

देशभरको संक्रमितको तथ्यांक हेर्दा तिव्र गतिमा घट्नु र काठमार्डौ उपत्यकामा वृद्धि भइरहनुले स्वास्थ्य मन्त्रालय गम्भीर भएको जनाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स