• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
२७ माघ २०८२, सोमबार
२७ माघ २०८२, सोमबार $date = str_replace(",", "", $date); $parts = explode(" ", $date); if(count($parts) >= 4){ $weekday = $parts[0]; $month = $parts[1]; $day = $parts[2]; $year = $parts[3]; echo $day . " " . $month . " " . $year . ", " . $weekday; } else { echo $date; } ?>
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

  • १०. इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

तरकारी खेतीमा भविष्य खोज्दै किसान

बर्दिवास। गत चार महिना लकडाउनले डल्याउँदा पनि महोत्तरीका केही किसानले तरकारी खेती छाडेनन् । उत्पादन बजार लान नसक्ने र घरमा आएका ग्राहकलाई कौडीको मूल्यमा तरकारी दिन पर्दा पनि यो समयको खेल हो भन्दै यहाँका किसान तरकारी खेतीमै आफ्नो भविष्य खोजी रहेका देखिन्छन् ।

बर्दिवास नगरपालिका–६ किसाननगरका वासुदेव महतो बिहान उठ्नासाथ हातमा ‘खुर्पी’ (गोडमेल गर्न प्रयोग गरिने हाते कृषि ज्यावल) समाएरै घरबाहिर निस्कनुहुन्छ । निद्राले छोड्नासाथ सिरान नजिकै राखिएको अम्खोराबाट पानी खाएसँगै ‘खुर्पी’ हातमा लिएर निस्कने त महतोको बानी नै परिसकेको छ । घरसँगै जोडिएको एक बिघा क्षेत्रफलमा लगाइएको तरकारी खेती हेरेरमात्र उहाँको नित्यक्रियाको दैनिकी शुरु हुन्छ ।

बर्दिवास नगरपालिका–६ किसाननगर बस्तीमा पसेपछि जोसुकैले उहाँको घर कसैलाई नसोधी पत्ता लगाउन सक्छन् । सडक छेउकै घर वरिपरि लटरम्म फलिरहेका विभिन्न तरकारीका बेला र बोटले वासुदेवको घर ठ्याक्कै चिनिन्छ । बर्दिवास–७ मनहरिपुरका ६० वर्षीय किसान बिन्देश्वर यादव त घरबाट ५०० मिटर दूरीको तरकारी बारीमै बनेको सानो कटेरामा रात बिताउनुहुन्छ । नीलगाई, बँदेलजस्ता वन्यजन्तुले तरकारी बाली नोक्सान गर्ने भएकाले बारीमै टहरो बनाएर राति पनि रुँग्नुु परेको बिन्देश्वर बताउनुहुन्छ । अहिले बेमौसमी तरकारी खेतीको चलन फस्टाए पनि आफूलेभने मौसमी तरकारी खेतीमै रमाएको वासुदेवको भनाइ छ । बेमौसमी तरकारी खेतीमा कीराफट्याङ्ग्रा ज्यादै लाग्ने र त्यसको नियन्त्रणमा कडा विषादी प्रयोग गर्नुपर्ने हुँदा उपभोक्ताको स्वास्थ्य संवेदनालाई ख्याल गरेरै मौसमी तरकारी खेतीमात्र गर्ने गरिएको वासुदेव बताउनुहुन्छ । फेरि बेमौसमी खेती बढी खर्चिलो हुने उहाँको भनाइ छ ।

त्यसैगरी बिन्देश्वरले पनि आफ्नो तीन बिघा क्षेत्रफलमा मौसमी तरकारी खेती लगाउँदै आउनुभएको छ । बर्दिवास–९ पशुपतिनगरका महेन्द्र महतो पछिल्ला १० वर्षयता तरकारी खेतीमै रम्नुभएको छ । भङ्गाहा नगरपालिका–४ का युवा किसान बहुरा महतो, सत्यनारायण यादव र चन्देश्वर राय दनुवारलाई पनि लकडाउन अवधिको कौडीका दाममा तरकारी बेच्नु परेको कुराले त्यति निरुत्साहित बनाएन ।

“लकडाउनले तरकारी बजार पु¥याउन नसक्दा फालिने, सडिने र सस्तैमा दिनुपर्ने त भयो”, दनुवारले भन्नुभयो, “के गरौँ रु समयको खेल न हो, आत्तिएर काम छोड्ने त कुरा भएन, अहिले बिस्तारै तरकारीले भाउ पाउँदैछ ।” असार मसान्तताका र साउन पहिलो साताको वर्षाले भने तरकारीको बोट, लहरा, फूल र चिचिला अलि बढी नोक्सान गरेको दनुवार बताउनुहुन्छ ।

यता वासुदेव भने लकडाउन अवधिमा पनि आफ्नो उत्पादन सस्तोमा दिनु परे पनि नफालिएको बताउनुहुन्छ । “मेरो उत्पादनका उपभोक्ता धेरै टाढाका छैनन्, जिल्लामा बर्दिवास र भङ्गाहा एवं छिमेककै धनुषा जिल्लाका मिथिला र क्षीरेश्वर नगरपालिका एवं बटेश्वर गाउँपालिकासम्म मेरो उत्पादन जान्छ”, वासुदेवले भन्नुभयो, “म कडा विषादी र रासायनिक मलको प्रयोग नगरी प्राङ्गारिक खेती गर्छु भन्ने परिचय छ, म यो परिचयलाई जिउँदो राख्न चाहन्छु, यो परिचयले उपभोक्ता बारीमै आइपुग्छन् ।” खेती गर्दा विभिन्न रोगको आक्रमण हुने गरे पनि घरेलु उपचारबाटै रोगको निदान गर्ने गरेको वासुदेवको भनाइ छ ।

“ल हेर्नोस्, यो ब्रह्मास्त्र हो, त्यो चैँ आग्नेयास्त्र” कृषि ज्यावल भण्डार कक्षमा रोग र कीरा नियन्त्रणका लागि आफैँले बनाएका कीटनाशक औषधिका बोतल (सिसी) देखाउँदै वासुदेवले भन्नुभयो, “रोगको आक्रमणस्तरअनुसार कुन औषधि प्रयोग गर्नुपर्छ त्यतिखेरै निर्णय गरिन्छ ।” गाईको गहुँत, नीमको पात, सोहिजन र रिठ्ठासहितका वनस्पति र खरानी आफ्ना कीटनाशक औषधिका कच्चापदार्थ भएको महतोको भनाइ छ । “यिनको मात्रा मिलाएर बनाइएका औषधिले विधि पु¥याएर प्रयोग गरे ‘रामवाण’ (अचुक, खेर नजाने) को काम गर्छन् ।”

वासुदेवको बारीमा अहिले लरबर करेला झुलेका छन् । करीब १० कठ्ठा क्षेत्रफलको करेला आफूले चैतदेखि नै बेच्दै आएको र कहिल्यै बजार पु¥याउन नपरेको वासुदेवको कथन छ । “एउटा परिचय बनेको छ, इमान डगाउँदिन”, वासुदेवले भन्नुभयो, “तरकारी व्यापारी, आम उपभोक्ता र होटल सञ्चालकले बारीबाटै तौलिएर लान्छन् ।” लामो लकडाउनले गर्दा यसपालि व्यापारी र होटल सञ्चालक आउन पातलिँदा भाउ भने राम्रो नपाएको वासुदेवको भनाइ छ । यद्यपि असार मध्ययता उत्पादन र भाउ दुवै राम्रो पाएको महतो बताउनुहुन्छ ।

मनहरिपुरका बिन्देश्वरले पनि लकडाउन अवधिको मर्कामा चित्त बुझाउनुभएको छ । “सधैँ एकनासको समय हुँदैन, के गर्ने रु” संसारभरि डर र त्रास फैलाएको कोभिड–१९ महामारीतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, “एउटा खेतीले लतारे अर्कोबाट उठ्नुपर्छ, मैले त यसैबाट (तरकारी खेती) नैै गुजारा र भविष्य पहिल्याउँदै छु ।” पछिल्ला चार वर्षदेखि आफूले गर्दै आएको करीब तीन बिघा क्षेत्रफलको खेतीबाट बर्सेनि थप जग्गा जोड्दै अहिले सात बिघा पु¥याइसकेको बिन्देश्वर बताउनुहुन्छ ।

वासुदेवले खेतीसँगै तरकारी खेतीका नर्सरी पनि सञ्चालन गर्नुभएको छ । खेतीसँगै नर्सरीबाट पनि राम्रै आम्दानी गर्ने गरेको उहाँको भनाइ छ । एक बिघा क्षेत्रफलभित्र विभिन्न जातका तरकारी खेती र नर्सरीसमेत सञ्चालन गर्दै आउनुभएका वासुदेवले गाईभैँसीको गोबर, मूत्र (गहुँत) र ढैँचा (मल बनाउन लगाइने वनस्पति खेती विशेष) र फ्याँकिने सोतरबाट आफैँ प्राङ्गारिक मल बनाउनुहुन्छ । बिहान उज्यालो भएदेखि अबेर साँझसम्म हातमा खुर्पी नछुटाउने महतोको तरकारी बारीमा कुनै झारपातले दुई रातको आयु पाउँदैनन् । बिहान उठ्नासाथ उहाँको हातको खुर्पीले नित्यक्रियामा जान पहिले नै झारपात उखेलिसकेका हुन्छन् । खेतीप्रतिको लगन, निष्ठा र निरन्तरताले वासुदेवको उपनाम नै ‘तरकारी किसान’ बनेको छ ।

बस्तीका छिमेकी उहाँलाई कहिल्यै चोकचौराहामा अनावश्यक डुलेको देख्दैनन् । “खै के जाँगर हो कुन्नि वासुदेवको रु जतिखेर हे¥यो खेतबारीमै खुर्पी चलाइरहेको देखिन्छ”, छिमेकी कविराज थापाले भन्नुभयो, “जाँगर चैँ लिएरै आएका हुन् ।” बस्तीका अरू वासुदेवलाई सम्झेर पनि काममा जानेगरेका थापाको भनाइ छ । “वासुदेवले एक कठ्ठा तरकारी गोडिसके होलान्, घरमा के ल¥याङ्त¥याङ् गरेर बस्नु, जौँ खेततिर”, किसाननगरका आम किसान वासुदेवलाई यसरी सम्झेर आफ्नो खेतबारी जाने गरेका सो बस्तीकै केदारनाथ पोखरेल बताउनुहुन्छ ।

अहिले यी किसानको मेहनत र लगन हेरेर बस्ती वरिपरि तरकारी खेती गर्ने किसान बढेका छन् । सधैँ केही न केही उत्पादन भइरहने र वरिपरि दिनहुँजसो हटिया (बजार) लाग्ने भएको हुँदा नगदको गर्जो टार्न तरकारी खेती सजिलो भएको बहुरा महतोको भनाइ छ ।

तरकारी खेतीमा रमाउँदै आएका यी किसानसँग बीउबिजनका भरपर्दा पसल नहुँदा भने कैयौँ पटक ठगिनु परेको अनुभव छ । बीउ फरक परेर उत्पादन नहुँँदा पसलेले नैतिक जिम्मेवारीसम्म पनि नलिँदा मन अमिलिने गरेको सबै किसान एक मुखले बताउनुहुन्छ । “हुन त निश्चित सर्त बन्देज गरेर नै यस्ता पसल सञ्चालनको स्वीकृति मिलेको होला”, तरकारी किसान महेन्द्र महतो भन्नुहुन्छ, “यसले गलत गरेछ भनेर अँठ्याउने संयन्त्रहरु सक्रिय नहुँदा जहाँ पनि किसान नै लतारिन्छन्, ठगिन्छन् ।” वासुदेवले भने वरिपरिका शहर बजारका बीउबिजन पसलमा ठगिएपछि अब आफैँ बीउ उत्पादन गर्न थालेको बताउनुभयो ।

कृषि सामग्री समयमा उचित मूल्यमा नपाउनु, खेतीपातीमा परामर्श दिने कृषिविज्ञ नभेटिनु, सिँचाइको भरपर्दो स्रोत नहुनु, उत्पादन भण्डारण गर्ने र चिस्याउने घरको प्रबन्ध हुन नसक्नु र बजारको ग्यारेन्टी नहुनु अहिलेको कृषिकर्ममा मुख्य समस्या रहेका तरकारी किसानको सामूहिक गुनासो छ । यसअघि त जिल्ला सदरमुकाममा जिल्ला कृषि कार्यालय छउञ्जेल तरकारी खेती विज्ञ भेटिने गरे पनि अहिले ती कार्यालय हटेपछि यस्ता परामर्श दिने विज्ञ कहाँ भेटिन्छन् भन्ने पनि थाहा नभएको किसान बताउँछन् ।

कृषि नै जीवनको मूल आधार भएको यी किसान बताउँछन् । “हो, कृषिले उँभो लाग्न सकिन्छ, तर कृषिका नाउँमा भएका सुविधा वास्तविक किसानले पाउनुप¥यो नि ! ”, वासुदेव भन्नुहुन्छ, “यहाँ त हामी हलीगोठालाका नाउँको सरकारी सुविधा पनि ठालुहरुकै हात पर्छ ।” यो बेवास्ताले समर्पित भएर खेती गर्ने किसान मर्कामा परेका वासुदेव बताउनुहुन्छ ।

यसैबीच प्रदेश–२ सरकारले अब सबै जिल्लामा विषय विज्ञसहितका कृषि ज्ञान केन्द्र स्थापना हुने जनाएको छ । पहिलेको जिल्ला कृषि विकास कार्यालयको संरचना हटाइएपछि दुई-दुई जिल्ला कार्यक्षेत्र तोकेर कृषि ज्ञान केन्द्र सञ्चालन गरिएको थियो । अब यसै आर्थिक वर्षमै प्रदेशका आठवटै जिल्लामा तरकारी, अन्नबाली, फलपूmल र माछासम्बन्धी विज्ञसहितको कार्यालय व्यवस्थापन गरिएपछि किसानले परामर्श, प्राविधिक र अन्य आवश्यक सेवा तत्काल पाउने प्रदेश–२ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

त्यसैगरी बर्दिवास नगरपालिकाले किसानलाई उत्साहित गराउन र आधुनिक कृषि प्रणालीको जग बसाल्न नगर कृषि कार्यक्रम लागू गरेको छ । यसभित्र सिँचाइको प्रबन्ध, बीउबिजन र मल एवं कृषि ज्यावलको भरपर्दो व्यवस्था, कृषि परामर्श र बजारको समेत प्रबन्ध गरिने गरी काम थालिएको नगरप्रमुख विदुरकुमार कार्की बताउनुहुन्छ । “केही समय लाग्ला, तर हामी कृषिलाई व्यवस्थित गर्छौं”, नगरप्रमुख कार्कीको भनाइ छ ।

पछिल्लो पटक प्रदेश सरकारले सबै जिल्लामा कृषिक्षेत्र व्यवस्थित गर्न कृषि ज्ञान केन्द्र सञ्चालनमा ल्याउने बताएपछि यहाँका किसान केही उत्साहित बन्दैछन् ।

रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
नेप्सेमा १०.२५ अंकको गिरावट
नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

लोकप्रिय

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

२०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

२०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • नेप्सेमा १०.२५ अंकको गिरावट
  • नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार
  • वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा
  • अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.