साउदीद्वारा ८६४ जना नेपालीको बहिर्गमन भीसा जारी (नामावली सहित)
काठमाडौँ | साउदी सरकारले ८६४ जना नेपालीको बहिर्गमन भीसा जारी गरेको साउदी स्थित नेपाली दुतावासले जानकारी दिएको छ ।दुतावासले बहिर्गमन भीसाका लागि आवेदन दिएका केही व्यक्तिको इक्जिट भिषा प्राप्त भएको जनाएको छ । दुतावासले एक बिज्ञप्ति जारी गर्दै दुतावासले जानकारी दिएको छ ‘साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई दुतावासले अनुरोध गरे बमोजिम साउदी सरकारले निम्न उल्लिखित नेपालीहरुको नाममा बहिर्गमन भिषा प्रदान गरेको छ ।’
दुतावासका अनुसार प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म ८६४ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ । दुतावासले आवेदन दिएका मध्ये ७३८ जनाको सूचि यसअघि नै प्रकाशन गरिसकिएको जनाएको छ । नयाँ Exit visa जारी भएका १२६ जना नेपालीको नामावली दुतावासले जानकारी दिएको छ ।
दुतावासले बहिर्गमन भीसा जारी भएकाहरुले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल जाने तयारी गर्नु हुन अनुरोध गरेको छ ।
नामावली हेर्नुहोस्
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

