साउदीद्वारा ८६४ जना नेपालीको बहिर्गमन भीसा जारी (नामावली सहित)
काठमाडौँ | साउदी सरकारले ८६४ जना नेपालीको बहिर्गमन भीसा जारी गरेको साउदी स्थित नेपाली दुतावासले जानकारी दिएको छ ।दुतावासले बहिर्गमन भीसाका लागि आवेदन दिएका केही व्यक्तिको इक्जिट भिषा प्राप्त भएको जनाएको छ । दुतावासले एक बिज्ञप्ति जारी गर्दै दुतावासले जानकारी दिएको छ ‘साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई दुतावासले अनुरोध गरे बमोजिम साउदी सरकारले निम्न उल्लिखित नेपालीहरुको नाममा बहिर्गमन भिषा प्रदान गरेको छ ।’
दुतावासका अनुसार प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म ८६४ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ । दुतावासले आवेदन दिएका मध्ये ७३८ जनाको सूचि यसअघि नै प्रकाशन गरिसकिएको जनाएको छ । नयाँ Exit visa जारी भएका १२६ जना नेपालीको नामावली दुतावासले जानकारी दिएको छ ।
दुतावासले बहिर्गमन भीसा जारी भएकाहरुले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल जाने तयारी गर्नु हुन अनुरोध गरेको छ ।
नामावली हेर्नुहोस्
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
