मंसिर २५ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सत्रु लाग्नेछन् भने तथा न्यायिक निर्णहरु तपाईँको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनु होला । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । स्वास्थ सम्बन्धी समस्या आउने हुँदा दैनिक कामकाज प्रभावित हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समय राम्रो रहेकोले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । चिन्तन र उपायले काम गर्न सकिनेछ । व्यवसायबाट नाँफा कमाउन सकिने तथा आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । समाजमा राम्रा काम गर्न सकिने हुनाले मानसम्मानमा बृद्धि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाईने योग रहेको छ । घरगृहस्थीमा समय खर्चिदा आफन्त तथा परिवारका सदस्य खुशि हुनेछन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आई खर्च बढ्न सक्छ ध्यान दिनुहोला । डुबेको धन उकास्न दौडधूप गर्नुपर्दा मन खिन्न हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
हरेक काममा प्रतिस्पर्धीहरु हावी हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला । मोजमस्तिमा मन जाने हुनाले अध्ययन तथा अध्यापनमा पछि परिनेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरुका आजको दिन उत्तम नहुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सबल रहनेछ । गहना, कपडा वा धातु जोड्ने समय रहेकोछ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग आत्मियता बढ्नेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापार व्यावसाय खस्केर जाने हुनाले आम्दानिका स्रोतहरु साघुरिनेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाती रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधी उपचार खर्च बढ्न सक्छ । स्वदेशी व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्राकृतिक स्रोत तथा साथनको कारोबारबाट मनग्गे आम्दानी हुनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । दाजुभाई तथा आफन्तबाट भनेजस्ते सहयोग प्राप्त हुनाले काम गर्न थप सहज हुनेछ । अध्यानमा प्रगति गर्न सकिने हुनाले गुरुवर्गहरु खुसि हुनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आट तथा पराक्रम गरी काम गर्नाले सफल हुने समय रहेकोछ । दिगो वा दिर्घकालिन काम प्रारम्भ गर्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्ने तथा राजनीतिमा लाग्नेहरुले पद पाउने योग रहेकोछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परिवारजनको साथले नयाँ आशा पलाउनेछ भने मित्रताको बन्धन कसिलो हुनुको साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । छोटो दुरिको रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कष्ट भावमा गोचर गर्ने शुभ चन्द्रमाले कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ । परिवारजनको साथले नयाँ आशा पलाउने तथा राम्रा काम गर्न सकिनेछ । माया प्रेम, मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य सम्बन्धमा सुधार हुनेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मत भन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
