अवैध भित्रिने मोबाइल फोन चल्न बन्द गर्ने तयारी
काठमाडौ: खुला सीमा नाकाका कारण नेपालमा कुल मोबाइलको ४० प्रतिशत अवैध रूपमा भित्रिने गरेको व्यवसायीले बताउँदै आएका छन् । अवैध मोबाइलको कारोबारका कारण व्यवसाय संकटमा परेको नेपाल मोबाइल फोन आपूर्ति संघले बताउँदै आएको छ । व्यवसायीको गुनासो सम्बोधनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा मोबाइलको अवैध आयात बन्द गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । गत चैतदेखि असारसम्म नेपालमा भएको बन्दाबन्दीपछि मोबाइल फोनको आयात ह्वात्तै बढ्यो । कोरोनापछि कामहरू अनलाइनमार्फत हुन थालेकाले माग बढे पनि व्यवसायीले अवैध आयात रोकिएकाले पनि आयात बढेको देखिएको बताउँदै आएका थिए । हालसम्म आधिकारिक दर्ता नभएका मोबाइल फोन बन्द गर्ने कुनै पनि प्रविधि छैन । तर एमडीएमएसले नेपालमा भएका मोबाइल फोनलाई सेतोसूची, खैरोसूची र कालोसूचीमा राख्छ ।
सेतोसूचीमा आधिकारिक, खैरोसूचीका मोबाइल फोन हराएका वा चोरी भएका हुने र कालोसूचीमा अनधिकृत फोन हुने प्राधिकरणका प्रवक्ता अर्यालले बताए । कालोसूचीमा भएका मोबाइल फोन बन्द गरिने भएकाले आधिकारिक कम्पनीबाट आयात भएका मोबाइल फोन मात्र नेपालमा चल्ने उनले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
सम्बन्धित समाचार
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

