७ जना बच्चा जन्माएका कारण १ कारोड ८१ हजार जरिवाना
काठमाडौं : चीनमा रहने एक दम्पतीले दुईवटा मात्रै बच्चा जन्माउन पाउने नीति उल्लंघन गर्दैसात बच्चा जन्माए । यसपछि उनीहरुले सरकारलाई ठूलो जरिवाना रकम बुझाउनु परेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार दम्पतीले साता बच्चा जन्माएका कारण १ लाख ५५ हजार अमेरिकी डलर ९झन्डै १ लाख ८१ हजार नेपाली रुपैयाँ सोशल सपोर्ट फिस बुझाउनुपर्यो । ३४ वर्षकी महिला उद्योगपति ज्हांग रोंगरोंग र उनका ३९ वर्षका पतिका पाँच छोरा र दुई छोरी छन् । जरिवाना नबुझाएको भए उनीहरुले पाँचजना बच्चाको सरकारी पहिचानसँग जोडिएका कागजात प्राप्त गर्न सक्दैन थिए । ज्हांगले स्किनकेयर, ज्वेलरी र कपडाका उद्योग चलाइरहेकी छिन् र उनको दक्षिण–पूर्वी चीनमा उनका कम्पनीहरु छन् । आफूलाई एक्लोपनले धेरै हैरानी हुने भएकाले धेरै बच्चा जन्माएको उनले बताएकी छिन् । ‘म कहिल्यै एक्लो रहन चाहन्न । जब मेरा पति आफ्नो व्यापारिक टुरका लागि बाहिर हुन्छन् । तब मलाई निकै दुख लाग्ने गर्छ । मेरा ठूला छोराछोरी पढाइका लागि अन्य शहरमा गइसकेका छन्, त्यस्तोमा साना बच्चाहरु मेरो साथमा रहन्छन्,’ उनले भनिन् । सातजना सन्तान जन्माइसकेपछि अब फेरि सन्तान जन्माउने कुनै योजना नरहेको उनले बताइन् ।
ज्हांगका अनुसार बच्चा जन्माउने योजना बनाउनुअघि उनीहरुले आर्थिक रुपमा सम्पन्न हुने सुनिश्चित गरिसकेका छन् । ‘हामीले उनीहरुलाई आर्थिक सुरक्षा दिन सक्छौं भन्ने सुनिश्चितता गरेपछि बच्चा जन्माउने योजना बनाएका थियौं,’ उनले भनिन् ।
चीनमा १९७९ मा एक बच्चा नीति सुरु भएको थियो । जन्मदर निकै घटेपछि २०१५ मा यस नीतिलाई परिवर्तन गरेर दुईवटा बच्चा जन्माउन सक्ने नीति लागु गरियो । एजेन्सी
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

