Jankari Kendra
२९ भाद्र २०८३, सोमबार
Worldlink

नायिका तथा मोडल एलिजा गौतमले आफ्नो जन्मदिनको अवसर पारेर कलाकार भट्टराईलाई २५ हजार नगद सहयोग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, १२
नायिका तथा मोडल एलिजा गौतमले आफ्नो जन्मदिनको अवसर पारेर कलाकार भट्टराईलाई २५ हजार नगद सहयोग

एलिजाले आफ्नो जन्मदिनको कार्यक्रम पाँच तारे होटल एभरेष्टमा आयोजना गरेकी थिइन् । नायिका तथा मोडल एलिजा गौतमले आफ्नो जन्मदिनको अवसर पारेर कलाकार उद्धव भट्टराईलाई २५ हजार नगद सहयोग गरेकी छिन् । सो कार्यक्रममा केट काट्दै एलिजाले भट्टराईलाई २५ हजार सहयोग गरेकी हुन् । उनले भनिन्–‘एक जना चर्चित कलाकारलाई सहयोग गर्न पाउँदा म खुशी छु । तर, म सबै कलाकर्मीहरुलाई उद्धव दाइलाई सहयोगका लागि आग्रह गर्दछु ।’ एलिजाको जन्मदिनमा नायिका आँचल शर्मा, डाक्टर उदिप श्रेष्ठ, कलाकार निर्मल शर्मा, गायक प्रकाश सपुत, दुर्गेस थापा, निर्देशक शिव वीक लगायत पुगेका थिए ।

Top Changing Nepal

युट्युब सट्स