Jankari Kendra
१६ कार्तिक २०८३, आईतवार

‘सरकारलाई दिएको समर्थन अब फिर्ता लिन्छौँ, धेरै दिन कुर्न सक्दिन’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, १४
‘सरकारलाई दिएको समर्थन अब फिर्ता लिन्छौँ, धेरै दिन कुर्न सक्दिन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन केही दिनमा नै फिर्ता लिने बताएका छन् । नागरिक समाजले आयोजना गरेको नागरिकका प्रश्न र दलहरूको उत्तर विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘हत्त न पत्त समर्थन फिर्ता नलिन ममाथि दबाब छ । नलिई है भनिरहेका छन् । समर्थन फिर्ता लिइस् भने झन् भद्रगोल हुन्छ भनिरहेका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘अब राजनीतिक र नैतिक रूपमा अब म धेरै दिन कुर्न सक्दिनँ ।’ राजनीतिक दलहरूबीच सहमति होस् र समर्थन फिर्ता सँगसँगै होस् भन्ने आफूले चाहेको समेत उनले बताए ।

उनले जनता एक भएर अघि बढेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सेटिङ भत्किएको समेत बताए । प्रतिनिधि सभा पुनःस्थापना पछि ओलीले राजीनामा दिने आफूहरूलाई लागे पनि त्यसो हुन नसकेको उनको भनाइ छ ।

Top Changing Nepal

युट्युब सट्स