भूकम्प गएको पाँच वर्षपछि मात्र बस्ती हस्तान्तरण
गोरखा: भूकम्प गएको पाँच वर्षपछिकाे अन्तरालमा लाप्राकका भूकम्पपीडितले भूकम्प प्रतिरोधी घर पाएका छन् । भूकम्पपीडितलाई हस्तान्तरण गर्ने भनिए पनि करीब पाँच वर्षपछि मात्र बस्ती हस्तान्तरण गरिएको हो । गोरखाको धार्चे गाउँपालिका-४ स्थित लाप्राकले २०७२ भूकम्पबाट ठूलो क्षति भोगेको थियो । हाल लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्ती एक कार्यक्रमकाबीच भूकम्पपीडितलाई हस्तान्तरण गरिएको छ ।
गैर आवासीय नेपालीसङ्घ ,एनआरएनएले उक्त बस्ती निर्माण गरेको हो ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण का प्रमुख सुशील ज्ञवाली, गोरखा क्षेत्र नं १ का सांसद हरिराज अधिकारी, लगायतको उपस्थितिमा एनआरएनएका अध्यक्ष कुमार पन्तले भूकम्प पीडितलाई लालपुर्जा थमाएर बस्ती हस्तान्तरण गरेका छन् । पाँच सय ७३ घरधुरी रहेको एकीकृत नमूना बस्ती १८ दशमलव ३२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
एक परिवारका लागि करीब तीन आना तीन पैसा जग्गा परेको नमूना बस्तीमा प्रत्येक घर चार कोठे र दुई तलाका बनाइएका छन् भने प्रत्येक घरका लागि छुट्टै शौचालयसमेत निर्माण गरिएको छ । बस्ती निर्माणका लागि अहिलेसम्म करीब ५७ करोड ६६ लाख रुपैयाँ खर्च भएको एनआरएनएले जनाएको छ । उक्त बस्ती निर्माणका लागि एनआरएन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा शहरी विकास मन्त्रालयबीच २०७३ साल वैशाख १२ गते त्रिपक्षीय सम्झौता भएको थियो ।
सम्बन्धित समाचार
धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष अधिकारी द्धारा कार्यसमितिको पदभार ग्रहण सम्पन्न
काङ्ग्रेस नेतृ पबित्रा लामा र उनकी दिदि रेखाद्वारा खाद्यान्न वितरण
फेशन डिजाईनर गोमा अधिकारी धिताल द्वारा राह्त सहयोग
सुशान्त सिंह राजपुतको पोस्टमार्टम रिपोर्टमा गडबडी ! डाक्टरकै मिलेमतोको आशंका
इ.आर.सी मार्फत राहत वितरण
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई सघाउँदै बराल, यस्तो अभियान सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
