• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

दशैंका लागि आजदेखि सुकिला नोट वितरण

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • १०. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

आइतबारदेखि हेटौँडाका सवारीमा जोर बिजोर प्रणाली

वाग्मती प्रदेशको राजधानी हेटौँडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ । हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै निजी सवारीमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आइतबारबाट हेटौँडामा निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गर्ने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए ।

जिल्लाको हेटौँडामा कोरोना सङ्क्रमण तीव्ररुपमा बढेसँगै सङ्क्रमण बढ्न नदिन उक्त निर्णय लिइएको हो । उहाँका अनुसार आइतबारदेखि मकवानपुरभरको पर्यटकीय क्षेत्र पार्क तथा वनभोजस्थलसमेत बन्द गर्ने निर्णय गरिएको छ । यस्तै सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने भएको छ । कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।

कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम
हेटौँडामा प्रहरीले कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । पछिल्ला दिनमा मकवानपुरमा कोरोना सङ्क्रमण बढेपछि जिल्ला प्रहरी कार्यालयले सङ्क्रमणको जोखिमलाई मध्यजनर गर्दै सडकमा सर्वसाधारणलाई सचेत गराउने कार्यक्रम गर्दै आएको हो ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नै हेटौँडाका विभिन्न सडकमा नागरिकलाई भैतिक दूरी कायम गर्न र मास्कको प्रयोग गर्न चोकचोकमा सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । बढ्दै गएको सङ्क्रमणबाट बच्न र बचाउन सचेतना अभिवृद्धि गर्ने उद्देश्यले मकवानपुरका प्रहरीले चोक–चोकमा मास्क लगाउन, भौतिक दूरी कायम गर्न, अतिआवश्यक काम परेमा मात्र घर बाहिर निस्कन सचेतनामूलक कार्यक्रम आयोजना गरेका हुन् । यस्तै खेलकूद र मानिसको भीडभाड हुने सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्न, वृद्ध नागरिक र दीर्घरोग भएका व्यक्तिले विशेष सावधानी अपनाउन, अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा पच्चीस जनाभन्दा बढी सहभागी नहुन, ब्युटिपार्लर तथा सैलुनले पिपिई, मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न र एक पटकमा एकजनालाई मात्र सेवा प्रदान गर्न पर्चा वितरण तथा सचेतना अभिवृद्धि गर्न माइकिङसमेत गरिएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएका कारण नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गराउन तथा कोरोनाविरुद्ध सचेत बनाउन मास्क वितरण गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र हेटौँडा–९ पशुपतिनगरका अध्यक्ष राम विष्टले बताए । स्वास्थ मापदण्ड पालना गर्नु र गराउनु नागरिकको प्रमुख दायित्व रहेको बताउँदै मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले नागरिक स्वयं आफ्नो स्वास्थप्रति जिम्मेवार बन्नुपर्ने बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

    दशैंका लागि आजदेखि सुकिला नोट वितरण

    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    • दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    • सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.