Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

सुदूरपश्चिममा शनिबार १० जना कोरोना सङ्क्रमितको मृत्यु

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, बैशाख, १९
सुदूरपश्चिममा शनिबार १० जना कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौं, सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ।स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका ५ पुरुष र १ महिला, कैलालीका २ महिला र १ पुरुष तथा बझाङका १ पुरुषको मृत्यु भएको छ।

शनिबार प्रदेशमा पिसिआर पद्धति र एन्टिजेन पद्धतिबाट १ हजार ४१५ को नमूना परीक्षण गर्दा ४३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।हालसम्म एन्टिजेन परीक्षणबाट सङ्क्रमण भएकामध्ये २० र पिसिआर परीक्षणबाट सङ्क्रमण भएकामध्ये ८० जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ।

सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा ५९ सङ्क्रमित उपचाररत रहेकामध्ये ३ जना भेन्टिलेटरमा र १७ जनाको सघन उपचार कक्षमा राखेर उपचार व्यवस्थापन भइरहेको छ।

प्रदेशभर एक हजार आठ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् । हाल अक्सिजनको सहयोग लिएर ३४ र ‘मोडरेड केस’ का पाँचजनाको उपचार भइरहेको छ।

Top Changing Nepal

युट्युब सट्स