ओलीले सामूहिक राजीनामालाई ‘अपराध कर्म’ को संज्ञा दिए (प्रेस वक्तव्यसहित)
काठमाडौं, २६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका सांसदहरुले सामूहिक राजीनामा गरेमा त्यो ‘अपराध कर्म’ हुने टिप्पणी गरेका छन् । उनले आज प्रेस वक्तव्य जारी गर्दै अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन आग्रह गरेका छन् ।
आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कर्त केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन्,’ प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस वक्तव्यमा भनेका छन्, ‘यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुने आव्हान र आग्रह गर्दछु ।’
उनले पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव बनाउने घातक प्रवृत्तिहरु देखा परेको समेत बताएका छन् ।
एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधर सांसदहरु सामूहिक राजीनामाका लागि अगाडि बढ्दा ओलीको विज्ञप्ति आएको हो ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
