Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

यी हुन् ह्वीप उल्लंघन गर्ने एमालेका २८ सांसद (सुचीसहित)

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, बैशाख, २७
यी हुन् ह्वीप उल्लंघन गर्ने एमालेका २८ सांसद (सुचीसहित)

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा माधवकुमार नेपाल पक्षधर २८ सांसद अनुपस्थित भएका छन् । नेकपा एमाले संसदीय दलले अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी भएपनि उनीहरु अनुपस्थित भएका हुन् ।

ह्वीप उल्लंघन गर्नेहरुमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, सुरेन्द्र पाण्डे, भीम रावल, योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण बिष्ट, कृष्णलाल महर्जन, विरोध खतिवडालगायत छन् ।

प्रत्यक्षतर्फ २० र समानुपातिकतर्फ ८ जना सांसदले ह्वीप उल्लंघन गरेका थिए । उनीहरुको भूमिका यसअघि नै स्पष्ट भएकाले ओली विश्वासको मत लिन नसक्ने निश्चित अवस्था बनेको थियो ।

यसअघि नै नेपाल समूहले अनुपस्थित हुने निर्णय गरेको थियो । १२१ एमाले सांसदमध्ये २८ जना अनुपस्थित भएसँगै प्रधानमन्त्री ओली स्पष्ट रुपमा विश्वासको मत लिन असफल भएका थिए ।

एमालेको संसदीय दलको ह्वीप उल्लंघन गर्ने २८ सांसदमाथि अब के होला भन्ने चासोको विषय बनेको छ ।

नेपाल-खनाल समूहका प्रत्यक्ष निर्वाचित सांसदहरु
१. झलनाथ खनाल, इलाम १

२. माधवकुमार नेपाल, काठमाडौं २

३. योगेश भट्टराई, ताप्लेजुङ

४. जयकुमार राई,सुनसरी १

५. भवानी खापुङ,तेह्रथुम

६. यज्ञराज सुनुवार, ओखलढुंगा

७. गणेश पहाडी, सिन्धुली १

८. पवित्रा निरौला खरेल, झापा २

९. जीवनराम श्रेष्ठ,काठमाडौं ८

१०.नारायण खतिवडा, नुवाकोट १

११. विरोध खतिवडा,मकवानपुर २

१२. सुरेन्द्र पाण्डे,चितवन १

१३. घनश्याम भुसाल,रुपन्देही ३

१४. गोकर्ण विष्ट,गुल्मी १

१५. मेटमणी चौधरी,दाङ १

१६. झपट रावल, कैलाली २

१७.दिपकप्रकाश भट्ट,कञ्चनपुर ३

१८. भीम रावल, अछाम १

१९. कृष्णलाल महर्जन, ललितपुर २

२०. सोमप्रसाद पाण्डे, पाल्पा खनाल

 

नेपाल-खनाल समूहका समानुपातिक सांसदहरु

१.रामकुमारी झाँक्री, गुल्मी

२. मुकुन्द न्यौपाने, काठमाडौं

३. कल्याणीकुमारी खड्का, रौतहट

४. लक्ष्मीकुमारी चौधरी, कैलाली

५. निरादेवी जैरु, डडेलधुरा

६. पुष्पाकुमारी कर्ण यादव, पर्सा

७. सरलाकुमारी यादव, रौतहट

८. कालिला खान, तनहुँ

Top Changing Nepal

युट्युब सट्स