उपत्यकामा निषेधाज्ञा एक साता लम्बाउने तयारी
काठमाडौं २८ जेठ । काठमाडौं उपत्यकामा पुनः एक सता निषेधाज्ञा थप्ने तयारी गरिएको छ । गत १६ बैशाखदेखि जारी निषेधाज्ञाको पछिल्लो थप म्याद ३१ जेठमा सकिँदैछ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच पुनः निषेधाज्ञा थप्ने विषयमा छलफल भइरहेको छ ।
हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने अवस्था रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् । कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेको हुनाले निषेधाज्ञालाई जारी राख्नुपर्ने रायसुझाव आएको उनको भनाइ छ । निषेधाज्ञा लम्बाउने अवस्था आएपछि केही खुकुलो हुने बताइएको छ ।
जारी निषेधाज्ञामा तरकारी तथा किराना पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न दिइएको छ । तर, अब एक घन्टा थप्ने भएको छ । ‘मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नआएको विश्लेषणका आधारमा निषेधाज्ञा लम्बिन्छ,’ प्रजिअ पराजुलीले भने । यसअघि जेठ ३१ सम्म जारी निषेधाज्ञापछि मोडालिटीमा परिवर्तन गर्न सकिने र सवारीसाधनमा जोरबिजोर लगाउन सकिने बताइएको थियो ।-दृष्टिबाट
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
