उपत्यकामा निषेधाज्ञा एक साता लम्बाउने तयारी
काठमाडौं २८ जेठ । काठमाडौं उपत्यकामा पुनः एक सता निषेधाज्ञा थप्ने तयारी गरिएको छ । गत १६ बैशाखदेखि जारी निषेधाज्ञाको पछिल्लो थप म्याद ३१ जेठमा सकिँदैछ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच पुनः निषेधाज्ञा थप्ने विषयमा छलफल भइरहेको छ ।
हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने अवस्था रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् । कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेको हुनाले निषेधाज्ञालाई जारी राख्नुपर्ने रायसुझाव आएको उनको भनाइ छ । निषेधाज्ञा लम्बाउने अवस्था आएपछि केही खुकुलो हुने बताइएको छ ।
जारी निषेधाज्ञामा तरकारी तथा किराना पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न दिइएको छ । तर, अब एक घन्टा थप्ने भएको छ । ‘मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नआएको विश्लेषणका आधारमा निषेधाज्ञा लम्बिन्छ,’ प्रजिअ पराजुलीले भने । यसअघि जेठ ३१ सम्म जारी निषेधाज्ञापछि मोडालिटीमा परिवर्तन गर्न सकिने र सवारीसाधनमा जोरबिजोर लगाउन सकिने बताइएको थियो ।-दृष्टिबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

