नेपालमा १०४ वर्ष पहिल्यै थियो सुरुङमार्ग
काठमाडौँ : नेपालमा अझै पनि सुरुङमार्गलाई नौलो विकास ठानिन्छ। तर, तपाईं–हामी धेरैलाई थाहा छैन, करिब १०४ वर्ष पहिल्यै हाम्रो देशमा सुरुङमार्ग थियो। सरकारी निकायले नै यसलाई एसियाकै पहिलो सुरुङमार्ग भनेर दाबी गर्दै आएका छन्। जुन २०२० सालपछि प्रयोगमा आउन छाडेको थियो। यसलाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको थियो।
यसको लम्बाइ सुरुमा ५ सय मिटर थियो। एकातर्फका भाग पहिरोले पुरिएपछि १ सय ९८ मिटर बाँकी रहेको जनाइएको छ। चौडाइ २।५ मिटर र उचाइ तीन मिटर छ। पाँचौं राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा सन् १९१७ मा बाराको अमलेखगन्जबाट मकवानपुरको हेटौंडा छिचोल्न यो सुुरुङमार्ग निर्माण गरिएको थियो। त्यस समय भारतबाट अमलेखगन्जसम्म रेल आउँथ्यो।
अब भने बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालयले मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाईस्थित सुरुङमार्गको पुनर्निर्माण थालेको छ। मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार पुनर्निर्माण कार्यको शिलान्यास गरेका छन्। ‘यो इतिहास नयाँ पुस्तालाई हस्तान्तरणसँगै पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने हामीले अपेक्षा लिएका छौं’, मुख्यमन्त्री पौडेलले भने।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

