• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार २९, २०८२
आइतबार, असार २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ७. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

चाणक्यका अनुसार यस्ता आमाबुवा हुन्छन् शत्रु समान

ठमाडौं । भनिन्छ, आमा र बुवा यस्ता व्यक्ति हुन् जसले आफ्ना सन्तान आफूभन्दा सफल भएको हेर्न चाहन्छन् । आफूभन्दा खुसी भएको हेर्न चाहन्छन् । आफूभन्दा प्रसिद्ध भएको हेर्न चाहन्छन् । आमाबुवाले नै छोराछोरीका लागि सबै कुरा त्याग्छन् । त्यसैले त आमाबुवालाई देवता समान भन्ने गरिन्छ ।

शिव पुराणमा पनि बुवाआमाको महिमालाई बुझाउँदै आमाबुवा संसारभन्दा महान् हुन् भनिएको छ । कथाको सार यस्तो छ- भगवान शिवले आफ्ना दुई पुत्र गणेश र कुमारको दक्षता र बुद्धि परीक्षण गर्ने हेतुले दुवैलाई एउटा प्रतिस्पर्धामा उतार्छन् । उनीहरुलाई भनिन्छ, कसले चाँडै पृथ्वीको फन्को लगाउन सक्छ, उसैले बाजी जित्छ ।

कुमार आफ्नो बाहन मयूरमा चडेर तुरुन्तै पृथ्वीको फन्को लगाउन थाल्छन् । यता गणेश आफ्नो बाहन मुसामा चढेर पृथ्वी फन्को लगाउन समर्थ हुँदैनन् । अन्ततः उनले आफ्नै माता पिताको फन्को लगाउँछन् । जित गणेशको हुन्छ ।

धार्मिक हिसाबले जेसुकै भएपनि यो कथाले आमाबुवाको महत्वलाई दर्शाएको छ । छोराछोरीले सबैभन्दा श्रद्धा गर्नलायक पात्र भनेकै आमा र बुवा हुन् । तर, के तिनै आमाबुवा सन्तानका लागि शत्रु समान हुन्छन् ?

आचार्य चाणक्यले यस सम्बन्धमा केही कुरा बताएका छन् । आचार्य चाणक्य महान नीतिकार थिए । उनीसँग अथाह ज्ञानको भण्डार थियो । उनी अत्यन्तै समझदार र ज्ञानी थिए । कुटनीतिक क्षमतामा पनि उत्तिकै अब्बल उनले एक शासकलाई हटाएर नयाँ साम्राज्यको स्थापना गरेका थिए ।

चाणक्यले यस्तो नीति बताएका छन् जो व्यवहारिक छ र त्यसलाई मान्छेले जीवनमा कुनैपनि बेला प्रयोग गर्न सक्छन् । आचार्य चाणक्यले आफ्नो एक नीतिमा यस्ता व्यक्तिको बारेमा उल्लेख गरेका छन्, जो सबैभन्दा ठूलो शत्रु हुनसक्छ ।

यस्तो पिता शत्रु बराबर
ऋणकर्ता पिता शत्रुर्माता च व्यभिचारिणी ।
भार्या रुपवती शत्रुः पुत्रः शत्रुरपण्डितः ।।

चाणक्यले यस श्लोक अनुसार ऋण लिने वा आफ्ना सन्तानलाई ऋणको भार बोकाउने पिता शत्रु बराबर भनेका छन् । एक पिताको धर्म आफ्नो बालबच्चालाई राम्रो ढंगले लालनपालन गर्नु हो । यदि पिता स्वयम् ऋणको बोझ झेल्दैछ भने यो बच्चाका लागि कष्टदायी हुन्छ ।

यदि पिताले ऋण चुकाउन सकेनन् भने त्यो बोझ बच्चाको टाउकोमा थोपरिन्छ । यस्तो पिता कुनै शत्रुभन्दा कम नहुने चाणक्यले बताएका छन् । आफ्ना सन्तानलाई सही रुपमा शिक्षादीक्षा नदिलाउने पिता पनि शत्रु बराबर हो ।

यस्ती आमा शत्रु बराबर
कतिपय माता आफ्ना सबै बच्चाको लागि समान हुँदैनन् । उनीहरु आफ्नै कोखको बच्चालाई पनि भेदभाव गर्छन् । उनीहरु आफ्ना बच्चालाई सही हिसाबले हेरचाह गर्दैनन् । यस्तो महिला आफ्ना बच्चाका लागि घातक हुन्छ । पतिबाहेक अन्य पुरुषसँग सम्बन्ध बनाउने माताले घर परिवारलाई तहसनहस बनाउँछ । यस्ती आमा पनि शत्रु बराबर हुन्छन् भनिएको छ ।

यस्ता सन्तान शत्रु बराबर
खराब आमाबुवा मात्र सन्तानका लागि शत्रु हुँदैनन् । कतिपय सन्तान पनि आमाबुवाका लागि शत्रु बराबर हुन्छन् । ति सन्तानले आमाबुवालाई सन्तोष र सुख होइन, पीडा र कष्ट दिन्छन् । चाणक्यका अनुसार मूर्ख सन्तान कुनैपनि माता पिताका लागि शत्रुभन्दा कम हुँदैन । यदि कुनै परिवारमा यस्तो सन्तान जन्मिएमा उसले जीवनभर कष्ट दिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

    ‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन
    • ‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र
    • आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.