सेयर बजारमा ५ अंकको गिरावट
साताको पाँचौँ दिन बिहीबार सेयर बजार सामान्य अंकले गिरावट आएको छ । नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेर दुई हजार ४४९ दशमलव ९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी कम्पनी छ । कम्पनीले ८८ करोड ५५ लाख रुपैयाँको कारोबार गरेको छ ।
बिहीबार ७२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०६ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने बाँकी १२ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।
बिहीबार कारोबारमा आएका होटल तथा पर्यटन, अन्य र म्यूचल फण्ड समूहका सूचक मात्र हरियो देखिएका छन् । यिनीहरूमा पनि शून्य दशमलव ६ देखि शून्य दशमलव ६४ अंकले उकालो लागेका छन् । बाँकी सबै समूहका सूचक शून्य दशमलव एक प्रतिशतदेखि शून्य दशमलव ७६ प्रतिशतसम्मको ओरालो लागेको छ ।
नेप्सेका अनुसार बिहीबार सिनर्जी पावर कम्पनी, सिंगटी हाइड्रो लगायतको सेयर मूल्य बढेको छ । त्यस्तैगरी, सामलिङ पावर कम्पनी, मैलुङ खोला जलविद्युत् कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था लगायतको सेयर मूल्य घटेको छ ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

