काठमाडौं । आगामी असार १ गते बस्ने भनिएको राष्ट्रियसभा बैठक आगामी असार २ गते बस्ने जनाइएको छ ।
आज सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा राष्ट्रिय सभाको बैठक विशेष कारणले तोकिएको दिन र समयमा बस्न नसक्ने हुँदा असार २ गते १ बजे बस्ने निर्धारण गरिएको उल्लेख छ ।
साथै, उक्त सूचना अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त दिनका लागि बैठक बस्ने निर्धारण गरेका हुन् ।