विश्वकप फुटबल खेल्ने ३२ देशको लाग्यो टुङ्गो, कुन समूहमा को ?
१ असार २०७९, काठमाडौं : सामान्यताय गर्मी मौसमा फिफा विश्वकप फुटबल आयोजना हुने गर्छ । यति बेला विश्वकप फुटबलको माहोल तात्नुपर्ने थियो । तर यस पटक आयोजक रहेको कतारमा गर्मी धेरै हुने भएकोले विश्वकप जाडो महिनामा सारियो । कतारमा २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म हुने विश्वकप खेल्ने ३१ वटै टुङ्गो बल्ल लागेको छ । अन्तरमहादेशीय प्लेअफअन्तर्गत मंगलबार राति भएको खेलमा कोस्टारिकाले न्युजिल्याण्डलाई १-० ले हराएर विश्वकपमा स्थान बनाउने अन्तिम टिम बन्यो ।
फिफाले यसअघि नै विश्वकपको समूह विभाजन सार्वजनिक गरिसकेकोले कोस्टारिका कठिन समूहमा परेको छ । स्पेन, जर्मनी र जापान रहेको समूह ई मा कोस्टारिका परेको छ । कतार विश्वकपका लागि कोस्टारिकासँगै उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् । यस्तै युरोपबाट सर्वाधिक १३ राष्ट्र छनोट हुँदा एसियाबाट पहिलो पटक ६ राष्ट्रले विश्वकप खेल्दैछन् । अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएका छन् ।
सम्बन्धित समाचार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
२०८३ असोज २४ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
