झुक्किएर खातामा तलबको २८६ गुणा बढी रकम पसेपछि कर्मचारी फरार
एकजना कर्मचारीको खातामा दुर्घटनावश तलबको २८६ गुणा बढी रकम गएपछि कम्पनीले पैसा फिर्ता गरिदिन माग गरेको छ ।
गत महिनाको तलबमा यत्ति धेरै रकम पाएपछि ती कर्मचारीले जागिरबाट राजीनामा दिएका छन् र पैसा फिर्ता गरिदिने बचन दिएर फरार भएका छन् । अडिटी सेन्ट्रलका अनुसार चिलीको एक कम्पनी कन्सर्सियो इन्डष्ट्रियल डे एलिमेन्टोसका ह्युमन रिसोर्स डिपार्टमेन्टका कर्मचारी हाल अत्यधिक तनावमा छन् । दुर्घटनावश, उनीहरुले आफ्ना एक कर्मचारीलाई १६५,३९८,८५१ चिलियन पेसोस (१,८०,००० डलर) अर्थात् लगभग २ करोड २८ लाख रुपैयाँ एक महिनाको तलब स्वरुप पठाएका थिए ।
ती कर्मचारीको वास्तविक तलब ५००,००० पेसोस (५४२ डलर) अर्थात् लगभग साढे ६८ हजार रुपैयाँ थियो । तर अहिले ती कर्मचारीले तलब दिन मानेका छैनन् । उनले आफ्नो जागिरबाट राजीनामा दिएका छन् र हाल फरार छन् । फलस्वरुप, कम्पनीसँग अन्य कुनै विकल्प बाँकी नरहेपछि कानुनी उपचार थालिएको छ । चिलीको पत्रिका डियारियो फाइनेन्सियोरोले गत मे ३० तारिखमा कम्पनीका सहयोगीले मासिक तलबमा भएको गडबडीबारे उपप्रबन्धकलाई जानकारी दिए ।
कम्पनीको अकाउन्ट हेरेपछि तलबमा करोडौँ रकम बढी खर्च भएको उपप्रबन्धकले पाए । यसबारे अनुसन्धान तीब्र पारियो । तत्पश्चात् कम्पनीले खासमा आफ्ना एक कर्मचारीलाई दुर्घटनावश उनको तलबभन्दा २८६ गुणा बढी रकम भुक्तानी गरेको पत्ता लगाए । त्यसपछि ती कर्मचारीलाई बढी रकम कम्पनीलाई फिर्ता दिन आग्रह गरियो ।
ती कर्मचारीले भोलिपल्ट बिहानै बैंक जाने र पैसा फिर्ता दिने बाचा पनि दिए तर कम्पनीको खातामा उक्त रकम आएन । कम्पनीले पुनः ती व्यक्तिलाई सम्पर्क गर्न खोज्दा उनीसँग सुरुमा सम्पर्क हुन सकेन । केही समयपछि ती कर्मचारी सम्पर्क हुन सक्यो र आफू त्यसदिन धेरै सुतेको र तत्काल बैंक गएर पैसा फिर्ता गरिदिने आश्वासन दिए । तर उनले यस्तो भने गरेनन् ।
जुन २ तारिखमा उनले कम्पनीलाई राजीनामा पत्र बुझाइदिए । ती कर्मचारी हाल फरार रहेको बताइन्छ । तसर्थ कम्पनीले उनीविरुद्ध कानुनी उपचार थालेको छ । कम्पनीले ती कर्मचारीबाट कम्तीमा १,८०,००० डलर प्राप्त गर्ने आशा राखेको छ ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
