जडिबुटीको रानीः कुरिलो
कुरिलो नेपालको पहाडी र तराई छेत्रको जङ्लमा पाईने एक उपउस्णकटिम्बन्धिय बोट हो । यो सामान्यातः करिब ६००-२२०० मिटरको उचाईमा जङ्गलमा पाईन्छ । स्वाभाविक रुपमा यो प्रायस सामुदायिक वन, राष्ट्रिय निकुञ्ज, लिज होल्ड वनमा पाईन्छ । यसको खेती मकवानपुर, चितवन, बारा, पर्सा, म्याग्दी, गुल्मी, नवलपरासी जस्ता जिल्लाहरुमा सफलतापुर्बक गरिएको छ ।
कुरिलो एउटा जंगली पर्बतारोही हो जुन १-३ मि. सम्म अग्लो हुन्छ । यसको पातहरु सल्लाको पात जस्तै साना र एकसमान हुन्छन । यसको जराहरु असंख्य हुन्छन जो दुवै छेउबाट ट्यापरिङ गर्छन । यसको कान्ड काठ्को हुन्छ। यसको फुल सेतो हुन्छन जसमा सानो स्पाइकहरु हुन्छन । कुरिलोको कोमल कोटहरु तरकारीको रुपमा प्रयोग गरिन्छ । जडिबुटीको रानी भनेर चिनिने कुरिलोको धेरै महत्त्व छन् । कुरिलोको जरा पिसेर तयार गरिएको तरकारीको सुप झाडापखालाको उपचारको लागि प्रयोग गरिन्छ । यो बोट वाचन समर्थन गर्न परिचित छ र प्रायः आन्तरिक र ब्याय अल्सरको उपचारको लागि प्रयोग गरिन्छ ।
यसले स्मरण शक्ति बढाउछ् ,रगतमा चिनीको स्तर कम गर्छ, तनावग्रस्त हुनबाट र एम्नेसिया बाट पनि बचाउछ । कुरिलो महिलाहरुको लागि अझ बढी फाइदाजनक छ । यसले महिला बाझोपना कम गर्छ किनकी यसले कामेच्छा बढाउदछ, गर्भको लागि गर्भ तयार पार्छ, गर्भपतन रोक्छ, यौन अङ्गहरुको जलन ठिक पार्छ, स्तनपान गर्भाशय र बदलिएको हर्मोनलाई सामान्य बनाउदछ । मानिसहरूमा मात्र नभई यसले मुसा,गाई, भैसिहरुमा खोकी हटाउन, पखालाको उपचार गर्न, अल्सर सुधार गर्न सहयोग गर्दछ ।
उत्पादन गर्ने तरिकाः
माटोः
कुरिलो बलौटे दोमट माटोमा राम्रो निकास भएको ठाउँमा उत्पादन गर्न सकिन्छ । यसको खेती माटोको ६-८ P.H. भएको माटोमा गर्न उत्तम मानिन्छ ।
जग्गा तयारीः
सुरुमा माटोलाई मसिनो दागमा ल्याउन जमिनलाई १५ से.मि. को गहिराईमा खन्ने काम गरिन्छ । त्यसपछी नर्सरी बनाइन्छ । माटोले सार्ने रोग र किराहरुबाट बालिलाई जोगाउन बिउलाई २४ घन्टासम्म गौमुत्रमा भिजाउने गरिन्छ । अनि बल्ल बिउलाई नर्सरीमा लगाइन्छ । यसको बिउ चैत्र-बैशाख महिनामा ३०-४० से.मि.चौडाइमा raised bed मा रोपिन्छ ।
जमिन ओसिलो नहोस् भनेर रोपेर सकेपछि त्यसलाई राम्रोसँग कपडाले छोप्नु पर्छ । ८-१० दिनमै कुरिलोको आकुरा पलाउन सुरु हुन्छ । ४५ से.मि. को उचाईसम्म पुगेपछि बिरुवा प्रयारोपणको लागि तयार हुन्छ । बिरुवा (१ मि * १मि)को दुरिमा रोपिन्छ ।
बिउदरः
८००ग्राम/हेक्टर (९१०,०००-११,००० बिरुवा/हेक्टर) लगाउने समय र तरिका (कुरिलोलाई बैशाख महिनामा प्रयारोपण गरिन्छ। )
दुरि: (१ मि * १मि )
मल: जमिनको तयारी गर्ने बेला माटोमा राम्रोसँग सडिएको फार्म यार्ड मल (२४०के.जि./हेक्टर )लाई मिलाउने र बिरुवा प्रयारोपण गरेपछि N:P:k=20:30:40 के.जि./ हेक्टर राख्ने। माटोले सार्ने रोगबाट बोटबिरुवालाई बचाउन जैव-किटनाशक, धतुरा र गाईको मुत्र आदि माटोमा छर्किनुपर्छ ।
बालिको प्रारम्भिक वृद्धि अवधिदेखि बाली परिपक्क नहुनेसम्म लगातार झारपात नियन्त्रण आवस्यक छ। सिचाइ -बिरुवा रोपेपछी र बालिलाई काट्नु अघि तत्काल सिचाइ गरिहाल्नुपर्छ। यो बालिका लागि धेरै सिचाइ आवश्यक छैन ।
रोग र त्यसको नियन्त्रण:
खिया: यो रोग Puccinia asparagi को कारणले गर्दा लाग्दछ । यसले गर्दा पातहरुमा खैरो दागहरु निम्त्याउछ र पातहरुलाई सुक्खा पार्छ । यसको नियन्त्रणका लागि बालिमा १% बोर्डियक्सको मिक्सचर लगाउनुपर्दछ । कटाई र भन्डारण – बिरुवा प्रत्यारोपण गरेको 10-12 महिनामा यो बाली परिपक्क हुन्छ र यसलाई काट्न सकिन्छ । फसल काट्ने काम फाल्गुन-चैत्रमा गरिन्छ जब यसको बीउ पाक्छ ।
फसल उठाएपछी यसको जरालाई राम्रोसँग सुकाइन्छ र सुकेका जरालाई हावा नछिर्ने झोलामा राखिन्छ वा बिक्री गर्ने उदेश्यको लागि प्याक गरिन्छ।
-मनिषा खनाल
सम्बन्धित समाचार
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
