पाकिस्तान सरकार सरकारी सम्पत्ति बेचेर ऋण तिर्ने तयारीमा
काठमाडौं । पाकिस्तान सरकारले सरकारी सम्पत्ति बेचेर ऋण तिर्ने निर्णय लिएको छ ।
उक्त विषयसँग सम्बन्धित एक अध्यादेश मन्त्रिपरिषदबाट पारित भए तापनि यसलाई संसदले पारित गर्न बाँकी छ । संसदले पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र यसले कानुनी रुप पाउने जनाइएको छ ।
द डनमा पाकिस्तानको संघीय मन्त्रिपरिषदले बिहीबार अन्तर सरकारी वाणिज्यिक हस्तान्तरण अध्यादेश २०२२ लाई स्वीकृति दिने निर्णय गरेको उल्लेख छ । उक्त समाचारमा यूएई, साउदी अरब, कतार लगायत देशलाई तेल तथा ग्याँस कम्पनी र सरकारी स्वामित्वमा रहेका ऊर्जा केन्द्रको शेयर बेच्ने उद्देश्यले यो निर्णय भएको जनाइएको छ । दोस्रो देशलाई सरकारी सम्पत्ति बेच्ने निर्णयविरुद्ध अदालतमा मुद्दा पनि चल्ने छैन ।
पाकिस्तानमा प्रस्तावित कानुन अनुसार प्रत्यक्ष लगानी गर्न अन्य राष्ट्रहरु आकर्षित हुने र संस्थाहरुको व्यवस्थापनमा पनि सुधार आउने तर्क सरकारले गरेको छ । पूर्वप्रधानमन्त्री इमरान खानले भने सरकारी सम्पत्ति बेचेर ऋण तिर्ने निर्णय सार्वजनिक भएपछि विरोध जनाएका छन् । ‘अमेरिकाबाट आयातित’ सरकारले सरकारी सम्पत्ति कुटिल तरिकाले बेच्न खोजेको भन्दै उनले त्यसो गर्न दिन नहुने बताए ।
खानले प्रधानमन्त्री सहबाज शरीफको परिवारले ३० वर्षदेखि पाकिस्तानलाई लुट्दै आएको आरोप लगाउँदै अहिलेको आर्थिक संकटको जिम्मेवार पनि उनीहरु नै रहेको बताए । उनले पाकिस्तानमा पनि छिट्टै श्रीलंकाको जस्तै आर्थिक संकट आउनसक्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री सरिफले पूर्वप्रधानमन्त्री खानको ट्वीटलाई जवाफ दिएका छन् । अन्तराष्ट्र स्रोतहरुमा सरिफले खानको नेतृत्वमा भ्रष्टाचार बढेको भनेर ट्रान्सपरेन्सी इन्टरनेशनलले नै भनेको र अहिलेको आर्थिक संकटको जिम्मेवार पनि उनी नै रहेको आरोप लगाएको भनिएको छ ।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

