२०२२ केटीएम आरसी २०० नेपाली बजारमा, यस्ता छन् विशेषता..
केटीएमको नेपालको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २०२२ मोडलको केटीएम आरसी २०० नेपाली बजारमा सार्वजनिक गर्दै विक्री सुरु गराएको छ । कम्पनीको लामो यात्रा र राइडिङको मजा लिन आरसी २०० एक उपयुक्त मोटरबाइक रहेको जनाएको छ ।
२०२२ आरसी २०० को ग्राफिकमा परिर्वतन छ । तर, इन्जिन र पावरट्रेन भने पुरानै छ । नयाँ आरसी २०० मा एडजस्टेवल ह्यान्डलबार, ट्वीन पड प्रोजेक्टर हेडल्याम्प, नयाँ एलसीडी क्लष्टर, नयाँ डिजाइन एलइडी हेडल्याम्प तथा वीन सिल्ड आएको छ । सो बाइकको ह्यान्डल बारलाई राइडरले आफू अनुकुल एड्जस्ट गर्न सकिनेछ ।
बाइकमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । त्यस्तै, चालकको सुरक्षाको लागि बाइकमा नयाँ एयरबक्स, नयाँ स्टिफर, हलुका स्प्लिट स्टिल फ्रेम, नयाँ कर्भड रेडियटर र लेजर टेक्स्चर सहितको विन्डस्क्रिन जस्ता विशेषता थपिएको छ । यसमा सुपरमोटो एबिएस समेत थप गरिएको छ ।
इन्जिनमा भने कुनै परिर्वत गरेको छैन । २ सय सिसी क्षमताको लिक्वड कुल्ड सिंगल सिलिन्डर इन्जिन भएको सो बाइकले जुन १० हजार आरपीएममा २५ पीएस तथा ८ हजार आरपीएममा १९.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा केटीएम २०० ड्युकमा प्रयोग भएको इन्जिन रहेको छ । यस बाइकमा ६ स्पीडको गियर बक्स रहेको छ । फ्रन्टमा २८० एमएम र पछाडि २४० एमएमको डिस्क ब्रेक रहेको छ । यसैगरी यसको फ्रन्टमा अपसाईड डाउन फ्रक र रियरमा मोनोसक छ ।
केटीएमको आरसी २०० को वजन १६० केजी रहेको छ । त्यस्तै, लम्बाई १९७८ एमएम, चौडाई ६८८ एमएम, उचाई १०९८ एमएम, ग्राउण्ड क्लियरेन्स १५६ एमएम र १३४० एमएमको ह्वीलवेस रहेको छ । यसैगरी, आरसी २०० को नयाँ भर्सनमा १३.७ लिटर क्षमताको फ्युल ट्यांक जडान गरिएको छ । कम्पनीले बाइकले ३५ किलोमिटर प्रतिलिटरको माइलेज र टप स्पिड १४२ किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ ।
नेपाली बजारमा २०२२ केटीएम आरसी २०० को मूल्य ६ लाख ७४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि विक्री भइरहेको आरसी २०० को मूल्य भने ६ लाख ५९ हजार ९०० रुपैयाँ थियो । उक्त बाइकले बजारमा यामाहा आर-१५ भी ४ तथा आर १५ एमसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
सम्बन्धित समाचार
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
