• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० बैशाख २०८३, बिहीबार
१० बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कुनै विवरण लिक नभएको नबिल बैँकको दाबी गलत प्रचार नगर्न आग्रह
  • ८ घण्टा 

२०८३ वैशाख १२ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान
  • ९ घण्टा 

गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा
  • १० घण्टा 

Redmi Buds 8 Active is Available in the Nepali market with enhanced comfort and long battery life
  • ११ घण्टा 

साझँ ७ बजेसम्म बस्ती खाली नगरे भोलि बिहानै डोजर चल्ने चेतावनी
  • ११ घण्टा 

नेप्सेमा सामान्य वृद्धि,कारोबार ५.२७ अर्बमै सीमित
  • १२ घण्टा 

सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैँछ कारोबार ?
  • १४ घण्टा 

रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

  • २. बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • ३. डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. नेप्सेमा सामान्य वृद्धि,कारोबार ५.२७ अर्बमै सीमित

  • ६. आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

  • ७. चर्को आलोचना पछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ८. नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न

  • ९. सरकारी कर्मचारीका लागि डिजीटल हाजिरी प्रणाली लागू गर्ने सरकारको तयारी

  • १०. महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

बीमा रकम भुक्तानी गर्न विवाहपछि सुनियोजित दुर्घटना..

admin २०७९, श्रावण, १३

काठमाडौं । गत वर्षको वैशाख २ गते राति ११ बजे बाँके कोहलपुरका २१ वर्षीय सर्जन विकको मोटरसाइकल दुर्घटना भयो ।

टिप्परमा बालुवा लोड गराउने भनी भे १० प १७२७ नम्बरको मोटरसाइकलमा गई काम सकी घर फर्किने क्रममा जिल्लाको बैजनाथ गाउँपालिका–६ लालपुरको भित्री सडकमा उनी चढेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको मिनीबसले ठक्कर दिएको थियो । उनलाई बाटोमा लडेको अवस्थामा स्थानीय र प्रहरीले फेला पारी कोहलपुर अस्पताल लगेका थिए । यद्यपि उनको ज्यान भने बच्न सकेन । सो घटनामा मिनीबसका चालक टोपबहादुर राना क्षेत्रीमाथि जिल्ला अदालत बाँकेमा सवारी ज्यान मुद्दा दर्ता भयो ।

अदालतले क्षेत्रीलाई ३० दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसलासमेत सुनायो । अदालतले उक्त घटनालाई सामान्य रूपमा लिँदै मामूली सजायमा आरोपीलाई उन्मुक्ति दियो । तर यो घटना कुनै सामान्य नभएर योजनाबद्ध भएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार मृतकको बीमा रकम असुलीका लागि दुर्घटना गराएर उनको हत्या गरिएको हो । विकको मृत्युपछि उनकी पत्नी सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्सबाट २ करोड ५० लाख रुपैयाँ २०७८ साल साउन १४ गते बीमा भुक्तानी लिएकी थिइन् ।

भुक्तानीपछि गत पुस ३० गते नेपाल पुनर्बीमा कम्पनीले विकको दुर्घटना शंकास्पद भएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्राचार गरेको थियो । ब्यूरोले सोही आधारमा गरेको अनुसन्धानबाट उक्त दुर्घटना योजनाबद्ध रहेको खुलेको बताएको छ । प्रहरीका अनुसार बिकको जीवन बीमा २०७७ साल फागुन २८ गते गरिएको थियो र उनले इच्छाएको व्यक्तिमा पत्नी सपना मल्लको नाम उल्लेख गरेका थिए । सोही वर्षको चैत २ गते सपना र मृतकबीच विवाह दर्ता भएको देखिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले बताएका छन् । उनका अनुसार विवाहभन्दा अघि नै विकले इच्छाइएको व्यक्तिमा सपनाको नाम उल्लेख गरेका थिए ।

प्रहरीले यस घटनामा संलग्न सपनासहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले यस घटनाको मुख्य योजनाकार सञ्जिव अर्याल रहेको बताएको छ । सञ्जिवले बीमाबापत सपनाले भुक्तानी लिएको २ करोड ५० लाखमध्ये ८० लाख रुपैयाँ लिएको खुलेको महतोले बताएका छन् । सपनाकी आमा छविकुमारी खत्रीलाई १७ लाख ४६ हजार, दिपक केसीलाई ६० लाख रुपैयाँ दिएर सपनाले ८६ लाख ८९ हजार रुपैयाँ राखेकी थिइन् ।

पेशा र वार्षिक आयको रकमले बीमाको शुल्क ५ लाख ४० हजार रुपैँया तिर्नसक्ने क्षमता विकको थिएन । केवाइसीमा उनको वार्षिक आम्दानी २ लाख रूपैयाँ मात्र भएको स्वस्घोषणा गरेका थिए । वार्षिक आम्दानीको अधिकतम ४० प्रतिशत मात्रै बीमा गर्न सकिने प्रावधान नाघेर विकको बिमा गराइएको पाइएको प्रहरीले जनाएको छ । मृतकको प्राथमिक बिमा शूल्क ५ लाख ४० हजारसमेत सञ्जिवले नै तिरिदिएका थिए ।

श्रीमान्(श्रीमती भनिएका मृतक र सपना आपसी सम्पर्कमै नरहेको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ । बीमा गराउने सञ्जिब र सपनाबीच भने घटना अगाडिदेखि पैसा बाँडफाडको समयसम्म निरन्तर सम्पर्क भएको र दुर्घटनामा बीमा अभिकर्ता सरदार अहमद खाँको मोटरसाइकल प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ । घटनाको दिन सञ्जीवको मृतक, सपना, सरदार अहमद र ड्राइभर टोपबहादुरसँग सम्पर्क भएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरती भनिने ललिताकुमारी सापकोटाले सपना र सञ्जीवको भेट गराइदिएकी थिइन् ।

सपनालाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउने कुरासमेत भएको थियो । सपना २०७७ सालमा सीप सिक्न काठमाडौँ आएकी थिइन् । सोही वर्ष फागुन २८ गते विक र सपनाको विवाह दर्ता गर्न खोजिएको थियो । तर मृतकको उमेर नपुगेका कारण रोकिएको थियो । त्यही नै बेला सपना र बिकको पहिलो भेट भएको थियो । विवाह दर्तापछि उनीहरूको भेट नै नभएको अनुसन्धानमा खुलेको छ । त्यति मात्र नभई उनी विकको दाहसंस्कारमा समेत उपस्थित नभएको पाइएको छ ।

प्रहरीले सपनालाई दिल्ली हुँदै जापान जाने क्रममा गत साउन ९ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको जनाएको छ । त्यस लगत्तै प्रहरीले ३१ बर्षीय सन्जीब अर्याल, ३२ बर्षीय सरदाम अहमद खाँ, ३३ बर्षीय टोप बहादुर राना क्षेत्री, दिपक के.सी र ललिता सापकोटा (आरती) लाई प्रकाउ गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कुनै विवरण लिक नभएको नबिल बैँकको दाबी गलत प्रचार नगर्न आग्रह
एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान
गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

ताजा

कुनै विवरण लिक नभएको नबिल बैँकको दाबी गलत प्रचार नगर्न आग्रह

२०८३ वैशाख १२ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.