• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, पुष १०, २०८२
बिहीबार, पुष १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड प्रदान

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

बीमा रकम भुक्तानी गर्न विवाहपछि सुनियोजित दुर्घटना..

काठमाडौं । गत वर्षको वैशाख २ गते राति ११ बजे बाँके कोहलपुरका २१ वर्षीय सर्जन विकको मोटरसाइकल दुर्घटना भयो ।

टिप्परमा बालुवा लोड गराउने भनी भे १० प १७२७ नम्बरको मोटरसाइकलमा गई काम सकी घर फर्किने क्रममा जिल्लाको बैजनाथ गाउँपालिका–६ लालपुरको भित्री सडकमा उनी चढेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको मिनीबसले ठक्कर दिएको थियो । उनलाई बाटोमा लडेको अवस्थामा स्थानीय र प्रहरीले फेला पारी कोहलपुर अस्पताल लगेका थिए । यद्यपि उनको ज्यान भने बच्न सकेन । सो घटनामा मिनीबसका चालक टोपबहादुर राना क्षेत्रीमाथि जिल्ला अदालत बाँकेमा सवारी ज्यान मुद्दा दर्ता भयो ।

अदालतले क्षेत्रीलाई ३० दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसलासमेत सुनायो । अदालतले उक्त घटनालाई सामान्य रूपमा लिँदै मामूली सजायमा आरोपीलाई उन्मुक्ति दियो । तर यो घटना कुनै सामान्य नभएर योजनाबद्ध भएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार मृतकको बीमा रकम असुलीका लागि दुर्घटना गराएर उनको हत्या गरिएको हो । विकको मृत्युपछि उनकी पत्नी सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्सबाट २ करोड ५० लाख रुपैयाँ २०७८ साल साउन १४ गते बीमा भुक्तानी लिएकी थिइन् ।

भुक्तानीपछि गत पुस ३० गते नेपाल पुनर्बीमा कम्पनीले विकको दुर्घटना शंकास्पद भएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्राचार गरेको थियो । ब्यूरोले सोही आधारमा गरेको अनुसन्धानबाट उक्त दुर्घटना योजनाबद्ध रहेको खुलेको बताएको छ । प्रहरीका अनुसार बिकको जीवन बीमा २०७७ साल फागुन २८ गते गरिएको थियो र उनले इच्छाएको व्यक्तिमा पत्नी सपना मल्लको नाम उल्लेख गरेका थिए । सोही वर्षको चैत २ गते सपना र मृतकबीच विवाह दर्ता भएको देखिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले बताएका छन् । उनका अनुसार विवाहभन्दा अघि नै विकले इच्छाइएको व्यक्तिमा सपनाको नाम उल्लेख गरेका थिए ।

प्रहरीले यस घटनामा संलग्न सपनासहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले यस घटनाको मुख्य योजनाकार सञ्जिव अर्याल रहेको बताएको छ । सञ्जिवले बीमाबापत सपनाले भुक्तानी लिएको २ करोड ५० लाखमध्ये ८० लाख रुपैयाँ लिएको खुलेको महतोले बताएका छन् । सपनाकी आमा छविकुमारी खत्रीलाई १७ लाख ४६ हजार, दिपक केसीलाई ६० लाख रुपैयाँ दिएर सपनाले ८६ लाख ८९ हजार रुपैयाँ राखेकी थिइन् ।

पेशा र वार्षिक आयको रकमले बीमाको शुल्क ५ लाख ४० हजार रुपैँया तिर्नसक्ने क्षमता विकको थिएन । केवाइसीमा उनको वार्षिक आम्दानी २ लाख रूपैयाँ मात्र भएको स्वस्घोषणा गरेका थिए । वार्षिक आम्दानीको अधिकतम ४० प्रतिशत मात्रै बीमा गर्न सकिने प्रावधान नाघेर विकको बिमा गराइएको पाइएको प्रहरीले जनाएको छ । मृतकको प्राथमिक बिमा शूल्क ५ लाख ४० हजारसमेत सञ्जिवले नै तिरिदिएका थिए ।

श्रीमान्(श्रीमती भनिएका मृतक र सपना आपसी सम्पर्कमै नरहेको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ । बीमा गराउने सञ्जिब र सपनाबीच भने घटना अगाडिदेखि पैसा बाँडफाडको समयसम्म निरन्तर सम्पर्क भएको र दुर्घटनामा बीमा अभिकर्ता सरदार अहमद खाँको मोटरसाइकल प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ । घटनाको दिन सञ्जीवको मृतक, सपना, सरदार अहमद र ड्राइभर टोपबहादुरसँग सम्पर्क भएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरती भनिने ललिताकुमारी सापकोटाले सपना र सञ्जीवको भेट गराइदिएकी थिइन् ।

सपनालाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउने कुरासमेत भएको थियो । सपना २०७७ सालमा सीप सिक्न काठमाडौँ आएकी थिइन् । सोही वर्ष फागुन २८ गते विक र सपनाको विवाह दर्ता गर्न खोजिएको थियो । तर मृतकको उमेर नपुगेका कारण रोकिएको थियो । त्यही नै बेला सपना र बिकको पहिलो भेट भएको थियो । विवाह दर्तापछि उनीहरूको भेट नै नभएको अनुसन्धानमा खुलेको छ । त्यति मात्र नभई उनी विकको दाहसंस्कारमा समेत उपस्थित नभएको पाइएको छ ।

प्रहरीले सपनालाई दिल्ली हुँदै जापान जाने क्रममा गत साउन ९ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको जनाएको छ । त्यस लगत्तै प्रहरीले ३१ बर्षीय सन्जीब अर्याल, ३२ बर्षीय सरदाम अहमद खाँ, ३३ बर्षीय टोप बहादुर राना क्षेत्री, दिपक के.सी र ललिता सापकोटा (आरती) लाई प्रकाउ गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    • रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.