आज मन्दाकिनी हाइड्रोपावरको आईपिओ बाँडफाँड
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ९ गते, सोमबारदेखि साउन १२ गते, बिहीबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर ९आईपीओ० को बाँडफाँड आज ९साउन १७ गते, मंगलबार० हुने भएको छ । उक्त आईपीओको बाँडफाँड आज दिउँसो ४ बजे, निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडको कार्यालय, नक्साल, काठमाडौंमा हुनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७३ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १६ लाख १० हजार ९ सय २६ जना लगानीकर्ताहरूले १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड ८० लाख ८१ हजार एक सय ८० कित्ताका लागि आवेदन दिएका थिए । उक्त संख्या सर्वसाधारणको लागि छुट्याइएको भन्दा १६।५३ गुणा धेरै हो ।मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ ।
सम्बन्धित समाचार
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत प्याकेज, नाडाद्वारा स्वागत
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

