आज नागपञ्चमी,परम्परा अनुसार नागको पूजा अर्चना गरेर मनाइँदै
काठमाडौं । आज नागपञ्चमी। हरेक वर्ष साउन शुक्लपक्षको पञ्चमी तिथिमा घरघरका मुल ढोकामा नाग टाँसेर नागपञ्चमी मनाइन्छ । यस पर्वमा नागको पूजा आराधना गरिन्छ। यस दिन नागलाई धारण गर्ने भगवान भोलेनाथ अर्थात् शिवको पूजा आराधना गर्नु शुभ मानिन्छ। आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मुलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुस्ख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने विश्वास छ ।
वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो। आजका दिन आफ्ना कुलनागका थानमा पनि विशेष रूपमा पूजा गरी खिर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ। यस उपलक्ष्यमा पशुपतिको वासुकी, नागपोखरी, टौदहलगायतका स्थानमा मेला लाग्ने गर्दछ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

