मोरङमा ३६ किलो गाँजासहित युवा पक्राउ
जानकारी केन्द्र
२०७९, श्रावण, १७
काठमाडौं । प्रहरीले मङ्गलबार विहान मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका-२ हरिनगराबाट ३६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जहदा-२ का २५ वर्षीय मुकेश गुरुङले नेपालबाट भारतको जोगवनीतर्फ लैजादै गरेको अवस्थामा पक्राउ गरेको बताए । भारततिर ३ जनाले बोकेर लाने क्रममा प्रहरीसँग जम्काभेट भएपछि अन्य दुई फरार भएको प्रहरीले बताए ।
पक्राउ परेका गुरुङलाई र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । प्रहरीले गुरुङलाई लागुऔषध ऐनअन्तर्गतको मुद्दा लगाउने तयारी गरेको जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

