काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बिहीबार बर्खास्त गरेको छ ।
सरकारको छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा उनलाई मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको हो।सरकारले छानबिन समिति गठन गरेपछि अधिकारी निलम्बित भएका थिए । यद्यपि सर्वोच्च अदालतले उनलाई जिम्मेवारी मुक्त नगर्न अन्तरिम आदेश दिएपछि उनी फेरि काममा फर्केका थिए ।