आज ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने
जानकारी केन्द्र
२०७९, श्रावण, १९
काठमाडौं । निर्वाचन आयोगले बिहीबार (आज) बेलुका ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने जनाएको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलन बन्द हुने भएको आयोगका सहायत प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ।निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली बन्द गरिने अर्यालले जानकारी दिए। गत १ असारबाट सुरु गरिएको मतदाता नामावली बिहीबार बेलुका ५ बजेबाट बन्द हुन लागेको हो ।
यो अवधिमा करिब पाँच लाखभन्दा बढीले नामावली दर्ता गराएका छन् । साथै आयोगमा दर्ता भएका राजनीतिक दलका लागि दल दर्ता प्रक्रिया पनि चाँडै सुरु गरिने सहायक प्रवक्ता अर्यालले जानकारी दिए।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

