प्रचण्ड र माधव नेपाल ‘बन्चरोको बिँड’ बनेको ओलीको टिप्पणी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीलाई नै प्रयोग गरेर वामपन्थी सिध्याउने खेल भएको टिप्पणी गरेका छन् । उनले एमालेरुपी रुख ढाल्न काँग्रेसरुपी बन्चरोमा प्रचण्ड र माधव नेपालले बींडको भूमिका निभाइरहेको टिप्पणी गरेका हुन् ।
यीनै बिँड हुन् जस्ले कम्युनिस्ट पार्टी फुटाएर, अदालत गएर, कम्युनिस्ट सरकार ढालीपाउँ, दक्षिणपन्थी सरकार ढालीपाउ त्यसको लागि परमादेश जारी गरीपाऊँ भन्ने यीनै बीँड हुन् ,’ प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै ओलीले आज राजधानीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भने । उनले माओवादी र नेकपा एसका कार्यकर्तालाई सम्झाएर फकाएर फर्काउनुपर्ने बताए ।
ओलीले बन्चरो र रुखको प्रसंग औल्याउँदै रुखबाटै बनेको बीँडको भरबाट बन्चरोले उक्त रुख काट्ने बताए ।काँग्रेसको कडा आलोचना गरेका ओलीले आफूहरुमाथि विगतमा दमन भएको बताए । काँग्रेसमाथि पञ्चायतले दमन गरेको र काँग्रेसको शासनमा उसले दमन सुरु गरेको आरोप लगाए ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


