• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० चैत २०८२, शुक्रबार
२० चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स सी सार्वजनिक,यस्तो छ मूल्य
  • ७ घण्टा 

रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु
  • ८ घण्टा 

आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने
  • १७ घण्टा 

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक
  • १ दिन 

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश
  • १ दिन 

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts
  • १ दिन 

नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
  • १ दिन 

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode
  • १ दिन 

लोकप्रिय समाचार

  • १. घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • २. स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा

  • ३. मध्यरातमा भूकम्पकाे धक्का

  • ४. आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

  • ५. फोटोन मोटर्स नेपालद्वारा इटहरीमा शोरुम उद्घाटन र ग्राहक भेटघाट कार्यक्रमको आयोजना

  • ६. सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध

  • ७. नेपालमा उपलब्ध बजाजको डोमिनार २५० बाइक: यस्ता छन् फिचरहरु

  • ८. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ९. सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने

  • १०. कालिन्चोक हाइड्रोपावरको आईपीओ चैत २२ देखि खुला, सर्वसाधारणलाई कति ?

समयमा पानी नपरेका कारण दाङमा धान उत्पादनमा कमी हुने

जानकारी केन्द्र २०७९, भाद्र, २२

देउखुरी । दाङमा समयमा पानी नपरेका कारण धानखेती प्रभावित भएको छ । आकाशे पानीबाट खेती लाग्ने जमिन बाँझै रहेका छन् । ती जमिन अहिले गौचरनमा परिणत भएका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको दाङमा यस वर्ष समयमै पर्याप्त वर्षा नभएका कारण भदौ अन्तिम साता हुँदा पनि रोपाइँ हुनसकेको छैन ।

लमही नगरपालिका–१ नर्तीका रुपलाल चौधरीको १० कट्ठा खेतमा धानखेती गरेका छन् । “समयमा मल पाइएन, मल पाउँदा पानी भएन, जसोतसो मोटरको पानीले खेती गरियो”, उनले भने, “गत वर्षजस्तो उत्पादन हुँदैन, आम्दानीको स्रोत भनेको खेतीपाती मात्रै छ ।” त्यो राम्रो नभएपछि खर्च टार्न समस्या हुने उनी बताउछन् ।

घोराही–६ का किसान बुद्धिराज वलीले छ कट्ठा जमिनमा लगाएको धान सबै सुकेर पहेँलो भएको छ । “साउन पहिलो साता रापेको धान महिनाभर पानी नपाउँदा आशा मरेको थियो, भदौ लागेपछि पानी परेका कारण केही आशा पलाएको छ”, उनले भने । धानका गरामा धाँजा फाटेको थियो, पूरै धान फल्ने आशा त छैन, बीउ उठ्छ कि भन्ने लागेको उनले बताए।

दाङमा यस वर्ष पानी नपरेपछि धान खेती प्रभावित भएको छ । आकाशे पानीको भरमा खेती हुँदै आएको जग्गा बाँझै छन् भने धान रोपेका खेतका गह्रा सुकेर चिरा परेका छन् । समयमा पानी नपाएको धानले उत्पादन कम दिने किसानको भनाइ छ ।

अधिकांश ठाउँमा रोपाइ भए पनि केही ठाउँमा भने पानीको अभावमा खेत बाँझै भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । देउखुरी क्षेत्रमा धान रोपाइँ भए पनि घोराही, तुलसीपुर र त्यसभन्दा पश्चिम क्षेत्रका कृषकले धान रोपाइँ गर्न नसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मनोजकुमार सिंहले बताए ।

उनका अनुसार यस वर्ष ८५ प्रतिशतमात्र धानखेती भएको छ भने बाँकी १५ प्रतिशत खेत बाँझै छ । दाङमा यस वर्ष ३९ हजार चार सय हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । मौसम प्रतिकूलताका कारण अहिले जिल्लामा सबै क्षेत्रफलमा धान रोपाइँ नभएको र धान उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।

जिल्लामा ६५ हजार नौ सय ८० हेक्टर जमिन खेतीयोग्य छ । त्यसमध्ये ३० हजार चार सय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । उन्नाइस हजार छ सय ५१ हेक्टर जमिनमा पूणरूपमा सिँचाइ सुविधा पुगेको छ भने बाँकी ३९ हजार दुई सय ११ हेक्टर जमिनमा आंशिक सिँचाइको व्यवस्था छ ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार गत वर्ष नौ हजार तीन सय पाँच मेट्रिक टन बढी धान उत्पादन भएको थियो । अठतीस हजार चार सय ९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख ७९ हजार मेट्रिक टन धान उत्पादन भएको केन्द्रका सूचना अधिकारी सिंहले जानकारी गराए ।

कृषकले सुक्खा–२, ३, रामधान, विन्देश्वरी, सामा मन्सुली, सावित्री, हाइब्रेड, युएस–३१२ जातका धानका बीउ रोपेका छन् । लमही, चैलाही, गोवडिया, रामपुर कर्जाही, चैनपुर, फचकपुर, गुरुवागाउँ, गुरगै, बिजौरी, पर्सेनीलगायतका ठाउँमा बढी धानखेती हुन्छ । कृषकले विभिन्न उन्नत तथा स्थानीय जातको धान लगाएका छन् । दाङको देउखुरी क्षेत्रमा छिटो धान रोपाइँ हुने गर्दछ । जिल्लाका विभिन्न स्थानमा मकैजोन कार्यक्रम मात्र नभई तोरीजोन, स्मार्ट कृषिगाउँजस्ता कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । रासस

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स सी सार्वजनिक,यस्तो छ मूल्य
रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु
आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

ताजा

नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स सी सार्वजनिक,यस्तो छ मूल्य

रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु

आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.