• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

समयमा पानी नपरेका कारण दाङमा धान उत्पादनमा कमी हुने

देउखुरी । दाङमा समयमा पानी नपरेका कारण धानखेती प्रभावित भएको छ । आकाशे पानीबाट खेती लाग्ने जमिन बाँझै रहेका छन् । ती जमिन अहिले गौचरनमा परिणत भएका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको दाङमा यस वर्ष समयमै पर्याप्त वर्षा नभएका कारण भदौ अन्तिम साता हुँदा पनि रोपाइँ हुनसकेको छैन ।

लमही नगरपालिका–१ नर्तीका रुपलाल चौधरीको १० कट्ठा खेतमा धानखेती गरेका छन् । “समयमा मल पाइएन, मल पाउँदा पानी भएन, जसोतसो मोटरको पानीले खेती गरियो”, उनले भने, “गत वर्षजस्तो उत्पादन हुँदैन, आम्दानीको स्रोत भनेको खेतीपाती मात्रै छ ।” त्यो राम्रो नभएपछि खर्च टार्न समस्या हुने उनी बताउछन् ।

घोराही–६ का किसान बुद्धिराज वलीले छ कट्ठा जमिनमा लगाएको धान सबै सुकेर पहेँलो भएको छ । “साउन पहिलो साता रापेको धान महिनाभर पानी नपाउँदा आशा मरेको थियो, भदौ लागेपछि पानी परेका कारण केही आशा पलाएको छ”, उनले भने । धानका गरामा धाँजा फाटेको थियो, पूरै धान फल्ने आशा त छैन, बीउ उठ्छ कि भन्ने लागेको उनले बताए।

दाङमा यस वर्ष पानी नपरेपछि धान खेती प्रभावित भएको छ । आकाशे पानीको भरमा खेती हुँदै आएको जग्गा बाँझै छन् भने धान रोपेका खेतका गह्रा सुकेर चिरा परेका छन् । समयमा पानी नपाएको धानले उत्पादन कम दिने किसानको भनाइ छ ।

अधिकांश ठाउँमा रोपाइ भए पनि केही ठाउँमा भने पानीको अभावमा खेत बाँझै भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । देउखुरी क्षेत्रमा धान रोपाइँ भए पनि घोराही, तुलसीपुर र त्यसभन्दा पश्चिम क्षेत्रका कृषकले धान रोपाइँ गर्न नसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मनोजकुमार सिंहले बताए ।

उनका अनुसार यस वर्ष ८५ प्रतिशतमात्र धानखेती भएको छ भने बाँकी १५ प्रतिशत खेत बाँझै छ । दाङमा यस वर्ष ३९ हजार चार सय हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । मौसम प्रतिकूलताका कारण अहिले जिल्लामा सबै क्षेत्रफलमा धान रोपाइँ नभएको र धान उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।

जिल्लामा ६५ हजार नौ सय ८० हेक्टर जमिन खेतीयोग्य छ । त्यसमध्ये ३० हजार चार सय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । उन्नाइस हजार छ सय ५१ हेक्टर जमिनमा पूणरूपमा सिँचाइ सुविधा पुगेको छ भने बाँकी ३९ हजार दुई सय ११ हेक्टर जमिनमा आंशिक सिँचाइको व्यवस्था छ ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार गत वर्ष नौ हजार तीन सय पाँच मेट्रिक टन बढी धान उत्पादन भएको थियो । अठतीस हजार चार सय ९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख ७९ हजार मेट्रिक टन धान उत्पादन भएको केन्द्रका सूचना अधिकारी सिंहले जानकारी गराए ।

कृषकले सुक्खा–२, ३, रामधान, विन्देश्वरी, सामा मन्सुली, सावित्री, हाइब्रेड, युएस–३१२ जातका धानका बीउ रोपेका छन् । लमही, चैलाही, गोवडिया, रामपुर कर्जाही, चैनपुर, फचकपुर, गुरुवागाउँ, गुरगै, बिजौरी, पर्सेनीलगायतका ठाउँमा बढी धानखेती हुन्छ । कृषकले विभिन्न उन्नत तथा स्थानीय जातको धान लगाएका छन् । दाङको देउखुरी क्षेत्रमा छिटो धान रोपाइँ हुने गर्दछ । जिल्लाका विभिन्न स्थानमा मकैजोन कार्यक्रम मात्र नभई तोरीजोन, स्मार्ट कृषिगाउँजस्ता कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । रासस

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.