अध्यक्ष फेरिएपछि सर्यो गोरखाको गण्डकी गाउँपालिका कार्यालय
काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिकाको कार्यालय स्थानान्तरण गरिएको छ । ओखलडाँडामा रहेको प्रशासकीय काम गर्ने कार्यालय त्यहाँबाट स्थानान्तरण गरेर भूम्लिचोक ६ तोमनडाँडामा पुर्याइएको छ। गाउँपालिका अध्यक्षमा गत वैशाखको स्थानीय चुनावबाट नेकपा माओवादी केन्द्रका दीपक तिमल्सिना ९साकार० निर्वाचित भएका थिए। उनले पालिका कार्यालय सार्ने चुनावी एजेन्डा नै बनाएका थिए।
तोमनडाँडाबाट बुधबारदेखि कार्यालय सुरू गरिएको छ। अध्यक्ष तिमल्सिना र उपाध्यक्ष ललिता अधिकारीले नयाँ कार्यालय उद्घाटन गरेका थिए। अधिकारी नेपाली कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। भदौ १९ को गाउँ कार्यपालिका बैठकले कार्यालय स्थानान्तरण गर्न निर्णय गरेको थियो।
भूम्लिचोककै ओखलडाँडामा भन्दा पृथ्वी राजमार्गनजिक सुविधायुक्त ठाउँमा कार्यालय सारिएको दाबी अध्यक्ष तिमिल्सिनाको छ । नयाँ कार्यालय सञ्चालन गरिएको जग्गा विद्यालयको हो। प्रयोगविहीन रहेको विद्यालय भवन र तरकारी संकलन केन्द्रबाट अहिले कामकाज सुरू गर्ने र जग्गा प्राप्तिपछि भवन बनाउने उनको भनाइ छ । अध्यक्ष तिमल्सिनाले पहिलो बैठकबाटै यसअघि कार्यालय रहेको ठाउँमा प्रशासकीय भवन बनाउने टेण्डर रोक्का गरेका थिए।
गाउँपालिका कार्यालय स्थानान्तरण गरिएकोमा पहिले कार्यालय रहेका क्षेत्रका बासिन्दा भने असन्तुष्ट छन् । तर अध्यक्ष तिमल्सिनाले भने गाउँपालिकाभित्रका सबै सेवाग्राहीलाई सहज बनाउन कार्यालय स्थानान्तरण गरिएको बताउँदै आएका छन् ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

