ओलीले सुझाए तीन दिनमै विधेयक पारित हुने उपाय
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकबारे मुख फोरेका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारको प्रश्नमा उनले नागरिकता विधेयकमा सत्ता पक्षले पाखुरा देखाउने काम गरेको आरोप लगाए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे दिएको सुझावलाई बेवास्ता गरेर सरकारले पाखुरा देखाइरहेको टिप्पणी गरे । नागरिकता विधेयक फिर्ता गरेर एक लाइन थपेमा तीन दिनमै पारित हुने बताए ।
‘नागरिकता विधेयक संशोधन गरेर जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता पाउनेछन् भन्ने विधेयकमा स्पष्ट रुपमा लेखे तीन दिनमै पारित हुन्छ,’ ओलीले भने । सरकारले नागरिकता विधेयक राकेर राख्ने रणनीति बनाएको आरोप लगाए ।
ओलीले चार जना नेता मिलेर देशमा लुटतन्त्र मच्चाएको आरोप लगाए । उनले नाम नलिई प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवतर्फ संकेत गरे । उनीहरुले नेतृत्व गरेको चारवटै दल सरकारमा छन् ।
सम्बन्धित समाचार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
