• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ फागुन २०८२, मङ्गलबार
१२ फागुन २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सिराहामा २० किलो गाँजा बरामद

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार

छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

२०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला

निर्वाचन आयोगद्धारा शिक्षक र स्वास्थ्यकर्मीलाई आतारसंहिता पालना गर्न कडा चेतावनी

सुनको मूल्य तोलामा एक हजार तीन सय रूपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

  • ३. धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

  • ४. अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

  • ५. २०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

  • ७. २०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ फागुन १० गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने

  • १०. मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

२०७९ को चुनाव कुन कुन नेताका लागि अन्तिम होला ?

काठमाडौं । नेपालको राजनीतिमा प्रतिनिधि सभा निर्वाचन २०७९ निकै महत्वपूर्ण हुनसक्छ । यसकारण पनि यो चुनाव महत्वपूर्ण हुनसक्छ कि धेरै पाका नेताहरु सन्यासतर्फ धकेलिन सक्छन् ।

नेपाली राजनीतिको केन्द्रमा रहेका शिर्ष नेताहरुमध्ये अधिकांश ७० कटिसकेका छन् । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ८० को नजिक छन् । काँग्रेसका अर्का प्रभावशाली नेता रामचन्द्र पौडेल पनि ८० को नजिक पुगिरहेका छन् । यी दुई नेताका लागि यो चुनाव अन्तिम हुनसक्छ ।

काँग्रेसको विधानले दुईपटक भन्दा पार्टी सभापति बन्न नपाउने उल्लेख गरेको छ । देउवा १३औं र १४औं महाधिवेशनमा सभापति निर्वाचित भइसकेका छन् । अब उनका लागि तेस्रो कार्यकाल विधानले रोकेको छ । अबको ५ वर्षमा देउवा ८० कटिसक्छन् । पौडेल पनि ८० कट्नेछन् । यसकारण सम्भवत यो चुनाव दुवै नेताका लागि अन्तिम हुनसक्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७० कटेका छन् । उनले विधान परिवर्तन गरेर पार्टी अध्यक्ष बन्न सके । तर, फेरि एमाले अध्यक्ष बन्न उनका लागि विधान परिवर्तन अनिवार्य हुन्छ । सम्भवतः स्वास्थ्य, उमेरहद र विधानका कारण ओलीका लागि यो चुनाव नै अन्तिम हुनसक्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ७० को नजिक छन् । उनका लागि भने यो चुनाव अन्तिम नहुनसक्छ । तर, माओवादीभित्र पछिल्लो पुस्ताका वर्षमान पुन, जर्नादन शर्मा जस्ता हस्तीले प्रचण्डलाई चुनौती दिन थालिसकेका छन् ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि ७० पुगेका छन् । उनका लागि पनि यो चुनाव अन्तिम हुनसक्छ । एसकै सम्मानित नेता झलनाथ खनाल पनि ७० कटिसकेका छन् । पूर्वप्रधानमन्त्री खनालले यो चुनावलाई अन्तिम भनेका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि ७० को नजिक छन् । उनले पनि यो चुनावलाई आफ्नो राजनीतिक जीवनको अन्तिम चुनावका रुपमा लिएका छन् ।

पूर्वप्रधानमन्त्रीमध्ये लोकेन्द्रबहादुर चन्द मात्र यो चुनावमा प्रतिष्पर्धामा उत्रने छैनन् । ८० कटेका चन्द स्वास्थ्यका कारण प्रायः निष्कृय नै छन् ।
लोसपा अध्यक्ष महन्थ ठाकुर ८० पुगेका छन् । उनका लागि यो चुनाव सम्भवतः अन्तिम हुनसक्छ । ठाकुर प्रत्यक्षतर्फ चुनावमा भाग लिने नलिने निश्चित छैन ।

जसपा अध्यक्ष उपेन्द्र यादव भने ६० पार गरेका छन् । उनी अझै केही वर्ष राजनीतिमा सक्रिय हुने सम्भावना देखिन्छ ।

काँग्रेसका प्रभावशाली नेता डा। शेखर कोइराला पनि ७० कटेका छन् । उनी पनि अझै कम्तिमा २ वटा चुनावमा भाग लिने गरी सक्रिय देखिन्छन् । काँग्रेस नेताहरु कृष्णप्रसाद सिटौला पनि ७० कटेका छन् । प्रकाशमान सिंह, डा। सशांक कोइराला, सुजाता कोइराला, पूर्णबहादुर खड्का ७० को नजिक छन् । उनीहरु अझै कम्तिमा २ वटा प्रतिनिधि सभा चुनावमा भाग लिने सम्भावनासहित सक्रिय छन् ।

राजनीतिक दल र स्वतन्त्रहरुबाट युवा उमेरकाहरु जर्बजस्त अगाडि बढेकाले ७० कटेका नेताहरु दबाबमा छन् । उमेर, स्वास्थ्य, प्रविधिसँगै नयाँ पुस्ताको चुनौतीले धेरै नेताहरुले २०७९ को प्रतिनिधि सभा चुनाव आफ्ना लागि अन्तिम भन्न थालेका छन् । यसकारण पनि यो चुनाव रोचक हुने आँकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिराहामा २० किलो गाँजा बरामद
आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

२०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

सिराहामा २० किलो गाँजा बरामद

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार

छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • सिराहामा २० किलो गाँजा बरामद
  • आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
  • ‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार
  • छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला
  • २०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.