सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धन बैठक बस्दै
काठमाडौँ । सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्ने भएका छन् । सोमबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्ने तयारी छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष तहका नेताहरू छलफलमा सहभागी हुनेछन्।
सत्ता गठबन्धनबीच साउन २० मा तालमेल गरेर जाने विषयमा औपचारिक सहमति गरे पनि कसले कति सिट लिने भन्नेमा सहमति हुन सकिरहेको छैन । ११ सदस्यीय कार्यदल बनाएर सिट बाँडफाँटबारे एक महिना छलफल गरे पनि सिट बाँडफाँटबारे सहमति हुन सकेको थिएन । त्यसपछि शीर्ष तहका नेतालाई सिट बाँडफाँटमा सहमति खोज्न जिम्मेवारी दिइएको थियो ।
गठबन्धनका नेताहरू आइतबार पनि चार घन्टा छलफल गरेका थिए । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कतिपय विषय टुंगिएको र कतिपय विषयहरू छलफल गरी टुंग्याउनुपर्ने देखिएकोले आज पनि बैठक गर्न लागिएको बताए ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

