निलम्बित प्रधानन्यायाधीशको बयान आज सक्ने तयारी, चार दिनभित्र प्रतिवेदन बुझाइने
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आज सक्ने तयारी गरिएको छ । महाभियोग सिफारिस समितिले आज बाँकी रहेका प्रश्न सोध्ने तयारी गरेको छ । उक्त सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले आज सवाल र जवाफ सकिने र बाँकी काम अघि बढाइने बताएका छन् ।
बयानको चौथो दिनसम्म ३५ प्रश्न सोधिएको थियो । समितिले हिजो मात्रै २४ वटा प्रश्न सोधेको थियो । समितिले उनका लागि ४२ प्रश्न तय गरेको छ। जवाफ दिने क्रममा जबराले आफ्ना सहकर्मी न्यायाधीशहरु र राजनीतिक दलका शीर्ष नेतालाई आरोप लगाइरहेका छन् । जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि उनी स्वतः निलम्बनमा परेका छन् । प्रतिनिधिसभाको कार्यकाल असोज १ गते सकिने भएपछि समितिले यसै महिनाको अन्त्यसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो। उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


