• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ बैशाख २०८३, सोमबार
१४ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • १३ घण्टा 

नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार
  • १४ घण्टा 

लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए
  • १५ घण्टा 

चार्जको झन्झट अन्त्य : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा
  • १६ घण्टा 

बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक
  • १८ घण्टा 

प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
  • १९ घण्टा 

काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक
  • २२ घण्टा 

कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

  • २. सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागु गर्न सरकारको निर्देशन

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ४. कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी

  • ५. प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ६. २०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैँछ कारोबार ?

  • ८. तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

  • ९. प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

  • १०. डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा

यस्तो छ अध्यक्ष लीको आजको कार्यक्रम

जानकारी केन्द्र २०७९, भाद्र, २८

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच आज बिहान नौ बजे सङ्घीय संसद् भवनमा भेटवार्ताको कार्यक्रम तय भएको छ । यसैगरी सङ्घीय संसद् भवनमा नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता हुनेछ ।

सङ्घीय संसद् भवनमा नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको छ । यस्तै आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग सोल्टी होटलमा भेटवार्ताको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्नेछन् । अध्यक्ष लीले भक्तपुर दरबार क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

नेपालको चार दिने भ्रमणका क्रममा अध्यक्ष ली सोमबार अपराह्न काठमाडौं आईपुगेका हुन् । सभामुख सापकोटाको निमन्त्रणामा यहाँ आइपुगेका अध्यक्ष ली चिनियाँ कम्युनिष्ट पार्टीको दोस्रो तहका शीर्ष नेता रहेका छन् । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि यहाँ आउने शीर्ष चिनियाँ नेतामध्ये उनी एक हुन् ।

अध्यक्ष लीको सम्मानमा सभामुख सापकोटाद्वारा रात्रिभोज

सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शुको सम्मानमा साँझ रात्रिभोजको आयोजना गरिएको छ। यहाँ आयोजित रात्रिभोजमा सभामुख सापकोटाले सङ्घीय संसद्को नेतृत्वको आमन्त्रणमा नेपाल भ्रमण गरेकोमा अध्यक्ष लीप्रति आभार प्रकट गरे ।

उनले यस्तो उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने र जनता जनताबीचको सम्बन्धमा समेत नयाँ आयाम विस्तार हुने विश्वास व्यक्त गरे ।

चिनियाँ जनकंग्रेसको अध्यक्षका रुपमा नेपाल भ्रमण गर्ने आफू नै पहिलो व्यक्ति भएको भन्दै लीले नेपालले गरेको आमन्त्रण र स्वागतप्रति धन्यवाद व्यक्त गरे । नेपालका तर्फबाट आफूले पाएको न्यानो स्वागत र आथित्यताप्रति उनले कृतज्ञता व्यक्त गरे।

रात्रिभोजमा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री बालकृष्ण खाण, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, सङ्घीय सांसद्का सांसदहरू, पराष्ट्र मन्त्रालयका अधिकारी सङ्घीय संसद् सचिवालयका महासचिव एवं कर्मचारी, लब्ध प्रतिष्ठित व्यक्ति एवं सञ्चारकर्मीको सहभागिता थियो ।

त्यसअघि सभामुख सापकोटा र अध्यक्ष ली बीच सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा छ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सभामुख सापकोटा र अध्यक्ष ली बीच भेटवार्ता सकिएपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो ।

भेटवार्ताका क्रममा सभामुख सापकोटाले नेपालको आर्थिक विकासमा चीन सरकार र चिनियाँ जनताका तर्फबाट उपलब्ध गराइएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । कोरोना महामारीका समयमा चीन सरकारको तर्फबाट उपलब्ध सहयोगप्रति पनि सभामुखले आभार प्रकट गरेका थिए ।

सभामुख सापकोटाले नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको तथा नेपालको भूभागमा चीन विरोधी गतिविधि हुन नदिने पूर्ववत् मान्यताको समेत स्मरण गरे ।

अध्यक्ष लीले चीन सदैव नेपालको स्वतन्त्रता, सार्भभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै निरन्तर सहयोग र सहकार्यमा रहेकोे बताएका थिए । दुई देशबीच बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढ गर्न प्रतिबद्ध रहेकोसमेत त्यस अवसरमा विचार आदान प्रदान भएको थियो ।

दुई देशका जनप्रतिनिधिहरुको शीर्ष नेतृत्वबीच यस्तो खालको द्विपक्षीय छलफल र भेटवार्तालाई पनि ऐतिहासिक घटनाक्रमका रुपमा लिने विश्वास गर्न सकिन्छ । यस्तै त्यसअवसरमा चिनियाँ राष्ट्रपतिले अगाडि सार्नुभएको बीआरआईका विषयमा समेत त्यस अवसरमा छलफल भएको थियो । संयुक्त सहमतिमा पनि सो विषयले स्थान पाएको छ ।

यस्तै, सहयोग आदानप्रदानका विविध विषयका अलावा नेपालको आर्थिक विकास एवं समृद्धिका विविध आयामका बारेमा पनि महत्वपूर्ण छलफल भएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार
लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए

ताजा

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक

नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार

लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.