काठमाडौं २ बाट चुनाव उठ्ने तयारीमा पूर्वसभामुख ओनसरी घर्ती
काठमाडौँ । पूर्वसभामुख ओनसरी घर्तीले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव लड्ने तयारी गरेकी छन्। घर्तीको नाम नेकपा माओवादी केन्द्रको काठमाडौं २ क्षेत्रीय कमिटीले आज उम्मेदवारका रूपमा सिफारिस गर्ने तयारी छ। केही समय अघि घर्तीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफू प्रत्यक्ष निर्वाचन लड्न तयार रहेको बताएकी थिइन्।
प्रचण्डलाई उनले समानुपातिकमा नबस्ने बताएकी थिइन्। ‘बरू हार्न तयार छु तर यसपालि समानुपातिकमा बस्दिनँ,’ उनले भनेकी थिइन्। जबाफमा प्रचण्डले काठमाडौंको कुनै क्षेत्र खोज्ने बताएका थिए। सत्ता गठबन्धनका दलहरुबीचमा सहमति भएमा काठमाडौं क्षेत्र नम्बर २ माओवादी केन्द्रले लिने र सो क्षेत्रमा पूर्वसभामुख घर्तीलाई उठाउन प्रचण्ड तयार भएका छन्।
घर्ती २०७० को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन्। उनी २०७० मा उपसभामुख र २०७२ मा सभामुख भएकी थिइन्। २०७४ को निर्वाचनमा भने घर्ती समानुपातिक तर्फबाट सांसद बनेकी हुन्। उनी अन्तरिम संसद र पहिलो संविधान सभामासमेत सांसद बनेकी थिइन्।
पहिलो संविधान सभाको कार्यकालमा केही समय उनी खेलकुद मन्त्री बनेकी थिइन्। माओवादी केन्द्रको स्थायी कमिटी सदस्य रहेकी घर्तीले भूमिगतकालमा पूर्वका धेरै जिल्लामा रहेर काम गरेकी थिइन्। उनी सोलुखुम्बु, काभ्रे र ललितपुरको समेत पार्टी इन्चार्ज भइसकेकी छन्।
सम्बन्धित समाचार
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने


