नुवाकोटमा दुई लाख ३९ हजार मतदाता
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा नुवाकोटका दुई लाख ३९ हजार सात सय २६ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा भएका पुरुष मतदाताको सङ्ख्या एक लाख २३ हजार नौ सय ४१ तथा महिलाको सङ्ख्या एक लाख १५ हजार सात सय ८२ र अन्य तीन मतदाता रहेका छन् । त्यस्तै जिल्लाभरिमा मतदानस्थल एक सय ३२ र मतदान केन्द्र दुई सय ८८ कायम गरिएको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
नुवाकोटमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुई तथा प्रदेशसभा निर्वाचन क्षेत्र चार रहेका छन् । यस्तै निर्वाचन क्षेत्र नं १ मा एक लाख २० हजार सात सय ५२ र क्षेत्र नं २ मा एक लाख १८ हजार नौ सय ७४ मतदाता छन् । त्यसमध्ये निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ९क० मा ५९ हजार चार सय ५९ र ९ख० मा ६१ हजार दुई सय ९३ मतदाता छन् । निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ९क० मा ५९ हजार चार सय ५३ र ९ख० मा ५९ हजार पाँच सय २१ मतदाता रहेको निर्वाचन आयोगले विवरणमा उल्लेख छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा दुई लाख ३७ हजार चार सय ३४ मतदाता कायम भएका थिए । त्यसबीचमा सञ्चालन भएको मतदाता नामावली सङ्कलन कार्यक्रममा सहभागी भई चार हजार पाँच सय ३७ जनाले फोटो खिचाएका थिए । गत भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अध्यावधिक कार्यक्रम सञ्चालन भएको थियो । त्यस समयमा मृत्यु भएका मतदाताको नाम हटाउनका लागि मात्र निवेदन परेको जिल्ला निर्वाचन कार्यलयका सूचना अधिकारी रुद्रबहादुर सुसलिङले बताए । रासस
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

