बडादसैँ पर्व आजदेखि सुरु, हनुमानढोकाको दसैँ घरमा विशेष पूजा गरिँदै
काठमाडौँ । बडादसैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । सोमबार समितिले दिएको साइतमा विधिपूर्वक घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए ।
दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ । विसं २०७७ को महानवमीका दिन कोरोना महामारीका कारण महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगाको बलि दिइएन । हनुमानढोकाको दसैँ घरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मङ्गल धुन पनि गाइन्छ । यो क्रम विजयादशमीका दिनसम्म जारी रहन्छ ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

