आयोगले सक्यो प्रदेशतर्फ समानुपातिकको मतपत्र छपाइ, प्रतिनिधि सभाको छाप्दै
जानकारी केन्द्र
२०७९, आश्विन, ११
काठमाडौँ । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ। दुई करोड एक लाख मतपत्र छपाइको काम सकिएको आयोगका एक आयुक्तले बताए। अब प्रतिनिधि सभातर्फ समानुपातिक मतपत्र छपाइ जारी राखिएको छ। जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ गरिएको हो।
आयोगले करिब चार करोड मतपत्र छपाइ गर्दैछ। अहिलेसम्म प्रतिनिधि सभातर्फ करिब ६० लाख ६५ हजार मतपत्र छपाइ गरिसकिएको छ। असोज २५ गतेभित्र यो काम सक्ने गरी मतपत्र छपाइलाई जारी राखिएको ती आयुक्त बताउँछन्। असोज २३ मा आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन गर्दैछ।
आयोगले समानुपातिकतर्फ असोज २ र ३ गते दलहरूलाई बन्दसूची बुझाउन समय दिँदा ४८ दलले बन्दसूची बुझाएका थिए। अहिले दललाई आवश्यक संशोधन गर्न समय दिइएको छ। मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


