• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ असार २०८३, बुधबार
०३ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक
  • १३ घण्टा 

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
  • १९ घण्टा 

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
  • १९ घण्टा 

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने
  • १ दिन 

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
  • १ दिन 

काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु
  • २ दिन 

संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य
  • २ दिन 

विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर
  • २ दिन 

ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ४. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ६. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ७. आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने

  • ८. ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य

  • ९. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • १०. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

नागरिकता विधेयक विवाद : राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि यस्ता छन् सरकारको विकल्प

जानकारी केन्द्र २०७९, आश्विन, ११

बीबीसी । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण नगरेपछि अब के हुन्छ भन्ने बारे धेरैमा चासो बढ्दै गएको छ । संसद्‌का दुवै सदनले दुई पटक बहुमतले पारित गरी पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि त्यसले राजनीतिक वृत्तसँगै आममानिसलाई पनि ध्रुवीकृत बनाएको छ ।

राष्ट्रपतिको कदमलाई लिएर परेका रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश समेत जारी गरिसकेको छ । दोस्रो पटक पनि विधेयक प्रमाणीकरण नगर्नुको कारणबारे राष्ट्रपतिको कार्यालयबाट अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक भइसकेको छैन ।

सरकारले के गर्छ ?
राष्ट्रपतिको कदमबाट असन्तुष्ट बनेको सत्ता पक्षले कानूनविद्‌हरूसँग परामर्श गरे पनि कसरी अगाडि बढ्ने भन्ने विषयमा केही बताइसकेको छैन । सत्ता पक्षले शुक्रवार गरेको परामर्शमा कुनै एउटा विकल्पमा सहभागीहरू एकमत देखिएनन् ।

महान्यायाधिवक्ता खम्मबहादुर खातीका अनुसार उक्त छलफलमा कानुन मन्त्रालयमार्फत्‌ नागरिकता विधेयक प्रकाशित गर्नुपर्नेदेखि सभामुखले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुपर्नेसम्मका सुझाव आएका थिए ।

तर सरकार संविधानको अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालतको निर्णयको पर्खाइमा रहेको देखिन्छ । “सर्वोच्च अदालतमा परेका रिट निवेदनबाटै एउटा निकास निस्कन्छ भन्ने छ,” खातीले बीबीसीसँग भने ।

राष्ट्रपतिको कदम संविधानबमोजिम नभएकोले सर्वोच्च अदालतले उनको कदमलाई सदर नगर्ने सत्ता पक्षको विश्वास छ । यद्यपि अध्यादेशमार्फत्‌ अथवा नागरिकता नपाएकाहरूका लागि मन्त्रिपरिषद्‌बाट निर्णय गराएर वैकल्पिक व्यवस्था अहिलेको गतिरोध अन्त्य गरिने महान्यायाधिवक्ताले सङ्केत गरे ।

“अन्तिम व्याख्याताका रूपमा सर्वोच्च अदालत भए पनि बाधा अड्काउ फुकाउ गर्नैपर्ने हुन्छ । छलफल गरेर अध्यादेश ल्याउने अथवा नपाएकाहरूलाई वैकल्पिक रूपमा कसरी सहज रूपमा नागरिकता प्रदान गर्न सकिन्छ भन्ने लाइन छ,” खातीले थपे ।

राष्ट्रपतिले के गर्छिन् रु
राष्ट्रपति कार्यालयले सर्वोच्च अदातलको कारण देखाउ आदेशको जबाफ पठाउन बाँकी छ । विधेयक प्रमाणीकरण नगर्नुका कारणबारे राष्ट्रपतिको कार्यालयले केही पनि नबोलेको भन्दै सत्ता पक्ष लगायतका गुनासो सुनिँदै आएको छ ।

त्यस्तो गुनासोबीच राष्ट्रपतिको कार्यालयले सर्वोच्च अदालतलाई दिने जबाफमै बोल्ने मनस्थिति बनाएको देखिन्छ । “राष्ट्रपतिज्यूको मौनता नै एउटा जबाफ हो । तर सर्वोच्च अदालतलाई दिइने जबाफमा त्यस बारे थप कुरा आउँछ,” राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टीका ढकालले बीबीसीसँग भने ।

नागरिकताको विषय अदालतमा पुगिसकेकोले त्यस बारे आन्तरिक छलफल भए पनि अन्य कुनै परामर्श नगरिएको उनले बताए । संसद्‌मा पेश गर्नुअगाडि नागरिकता संशोधन विधेयक बारे सरकारले राष्ट्रपति भण्डारीलाई कुनै जानकारी नगराएको ढकालले गुनासो गरे ।

के भएको थियो ?
संसद्‌का दुवै सदनबाट पारित भएपछि नागरिकता विधेयक प्रमाणीकरणका लागि साउन अन्त्यतिर राष्ट्रपति कार्यालय पठाइएको थियो । त्यसको दुई सातापछि राष्ट्रपति भण्डारीले सन्देशसहित उक्त विधेयक संसद्‌मै फिर्ता पठाइदिइन् ।

राष्ट्रपतिले दिएको सन्देशमा खास गरी अङ्गीकृत नागरिकता दिँदा पूरा गर्नुपर्ने प्रावधान बारे र नागरिकतामा लैङ्गिक समानताका विषय थिए । दुवै सदनबाट दोहोर्‍याएर पारित भएको नागरिकता विधेयक गत भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो ।

विधेयकमा राष्ट्रपतिले १५ दिनभित्र आफ्नो निर्णय लिइसक्नुपर्ने व्यवस्था अनुसार असोज ४ गते विधेयक प्रमाणीकरण गर्ने समयसीमा सकिएको थियो । राष्ट्रपतिले संसद्लाई पठाएको १५ बुँदे सन्देश र ध्यानाकर्षणमा नागरिकता सम्बन्धी समस्या सम्बोधनका निम्ति तत्काल कानुन आवश्यक रहे पनि कानुनी व्यवस्थाको संवेदनशीलतामा ध्यान दिन भनिएको थियो ।

वैवाहिक नागरिकता दिने व्यवस्था बारे नेपालको ऐतिहासिक अभ्यास र विश्वका विभिन्न मुलुकका असल व्यवस्थाको समेत अध्ययन गर्न पत्रमा सुझाइएको थियो । सन्देशमा जन्मसिद्ध नागरिकका सन्तानलाई दिइने नागरिकता बारे राज्यको स्पष्टता खोजिएको थियो । राष्ट्रपतिले आमाको नामबाट प्राप्त हुने नागरिकतामा आमालाई नै केन्द्रमा राखिनेगरी पुनर्विचार गर्न समेत सुझाव दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक
राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

ताजा

‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.