कात्तिक १ गते अस्थायी मतदाता नामावली प्रकाशन
काठमाडौं । निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीहरू आउँदो कार्तिक १ गते प्रकाशन गर्ने भएको छ । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली दर्ता गर्ने तोकिएको समय सकिएसँगै नामावली प्रकाशन गर्ने तयारी अघि बढाएको हो । आयोगले अस्थायी मतदाता नामावली दर्ता गर्न असोज ६ देखि ८ गतेसम्म तोकिएको थियो ।
नामावलीमा त्रुटि भए कात्तिक २ र ३ गते सच्याउन सक्ने र संशोधित नामावली ४ गते प्रकाशन हुने आयोगले जनाएको छ । कात्तिक ५ र ६ गते नामावलीउपर जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिन सकिने र अन्तिम अस्थायी मतदाता नामावली कात्तिक १४ गते प्रकाशन हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
अस्थायी मतदाताले आगामी प्रतिनिधि सभा चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् । आयोगले अस्थायी मतदाताको नामावली संकलन गरिसकेको प्रवक्ता पौडेलले बताए । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मध्येबाटै अस्थायी मतदाता नामावली तयार गरेको हो ।
मतदाता नामावली ऐन, २०७३ को परिच्छेद–३ दफा ३० मा समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रयोजनको लागि आयोगले छुट्टै अस्थायी मतदाता नामावली तयार गराउन सक्नेछ । सो ऐनमा भएको व्यवस्थाबमोजिम र सर्वोच्च अदालतले कैदी र थुनुवामा रहेकाहरूको मताधिकार सुरक्षित राख्न निर्वाचन आयोगको नाममा विभिन्न समयमा आदेश दिएको थियो ।
आयोगका अनुसार अस्थायी मतदाता हुन पाउनेहरूमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी रहेका छन् । यस्ता मतदाताले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् ।
त्यसै गरी कारागारमा रहेका थुनुवा वा कैदी, सरकारको स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्ति र निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले पनि समानुपातिकतर्फ मतदान गर्न पाउने छन् । नेपाल समाचारपत्र दैनिकबाट
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


