विश्व पर्यटन दिवस : वृहत सांस्कृतिक मेला ललित कार्निभलको आयोजना
काठमाडौँ । विश्व पर्यटन दिवसको अवसरमा ललितपुरमा वृहत सांस्कृतिक मेला ललित कार्निभलको आयोजना गरिएको छ। ५०० भन्दा धेरै कलाकारको प्रस्तुतिसहित ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सह९आयोजनामा बृहत सांस्कृतिक मेला हिजो मंगलबार पाटन दरबार क्षेत्र मंगलबजारमा भएको हो ।
सांस्कृतिक मेलामा विभिन्न ७ विद्यालयका १०० जना भन्दा धेरै कलाकारहरूले कार्तिक डबली परिसरको मन्दिर तथा खुला क्षेत्र ढाकिने गरे ७ प्रदेशको मौलिक नाच प्रदर्शन गरेका थिए। त्यस्तै ज्यापु समाज यल, बौद्ध विहार संघ, नेपाल राष्ट्रिय खड्गी समाज ललितपुरका सयौँ कलाकारले नायःखिं, धिमे, धाः लगायतको परम्परागत बाजा तथा नाचको प्रस्तुति दिइएको थियो ।
ललित कार्निभल लक्षित कार्यक्रमका लागि विद्यार्थी एवम् कलाकारहरूलाई ३ महिना अघि देखि नै प्रशिक्षण दिइरहेको छ । त्यस्तै बेलुकीको सांस्कृतिक कार्यक्रम अघि पाटन म्युजियम परिसरमा रहेको मणि केशव नारायण चोकमा योमरी बनाउने, चिउरा कुट्ने, सुकुल बुन्ने, प्याङ्गगाँउको लोपेन्मुख काठको चिउरा राख्ने भाँडो बनाउने पद्धति लगायतको परम्परागत नेवार जीवनपद्धतिको प्रत्यक्ष प्रस्तुति पनि गरिएको थियो । त्यसैगरी बिहान पर्यटकहरूको स्वागत कार्यक्रमको आयोजना गरिएको थियो।
त्यस्तै सांस्कृतिक मेलामा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाको पयर्टनसँग सम्बन्धित वेबसाइटको लोकार्पण गरेका थिए । कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, नेपालस्थित विभिन्न देशका राजदूतहरू, जनप्रतिनिधिहरूको उपस्थिति थियो। हरेक वर्ष सेप्टेम्बर २७ मा पर्यटन दिवस मनाउने गरिन्छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबाट पर्यटन क्षेत्र प्रभावित भएको र अहिले पुनरुत्थानको चरणमा रहेको अवस्थामा दिवसलाई नयाँ अवसरको पहिचान र उपयोगमा जोड दिएर मनाएको हो । नेपालले सन् २०२३ देखि २०३२ सम्म नेपाल भ्रमण दशक मनाउने निर्णयसमेत गरेको छ ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

