• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ असार २०८३, शनिबार
०६ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन
  • ११ घण्टा 

बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने
  • १३ घण्टा 

भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी
  • १५ घण्टा 

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६
  • १५ घण्टा 

रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
  • १८ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन
  • १८ घण्टा 

साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड
  • १८ घण्टा 

अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ४. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

  • ५. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • ६. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै

  • ८. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ९. तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

  • १०. सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक इन अवधि असार २४ पछि सकिने

नेताले जनताको मनमा कहिले घर बनाउने ?

जानकारी केन्द्र २०७९, आश्विन, १६

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सोमबार चितवनस्थित आफ्नै नयाँ घरमा सरे। काठमाडौंमा शारदाप्रसाद अधिकारीको घरमा भाडामा बस्दै आएका दाहाल चुनाव नजिकिँदै गर्दा भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा निर्मित एकतले घरमा बाजा बजाउँदै सरेका हुन्।

मंसिर ४ को चुनावमा चितवन–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तयारीमा रहेका पूर्वप्रधानमन्त्री दाहालको यो नयाँ घरलाई कतिपयले ‘चुनावी घर’को संज्ञासमेत दिएका छन्। मतदातामाझ स्थानीय भएको देखाउन विगतमा पनि यस्ता घरहरू निर्माण हुँदै आएको जानकारहरू बताउँछन्।

समाजशास्त्री टीकाराम गौतम चुनावको समयमा आफू पनि स्थानीय नै हो भन्ने प्रभाव पार्न नेताले निर्वाचन क्षेत्रमा घर निर्माण गरेको ठान्छन्। ‘चुनावताका मतदातामाझ स्थानीयताको लाभ लिन यस्ता घरहरू बन्ने गर्छन्,’ उनले भने, ‘म यहीँको हुँ, यहाँबाट टाढा जान्न भन्ने सन्देश दिने प्रयास हो यो।’

भक्तपुरको बालकोटमा बस्दै आएका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि २०७४ सालको निर्वाचनसम्म झापाको दमकस्थित आफ्नै घरमा बसेर चुनावी गतिविधि गरेका थिए। यसपटकको चुनावमा त उनले अझै आलिसान भवन ‘उपहार’का रूपमा पाएका छन्। निजी सम्पत्ति केपी शर्मा ओली ट्रस्टलाई दिइसकेकाले आफ्नो नाममा केही पनि सम्पत्ति नरहेको बताउँदै आएका ओलीका लागि गौतम थर भएका एक दाताले घर उपलब्ध गराइदिएका हुन्। झापा–५ बाट चुनाव लड्ने तयारी गरेका ओलीले दमक गएका बखतमा त्यही ‘चुनावी घर’बाट भेटघाट नेता–कार्यकर्तासँग गर्न थालिसकेका छन्।

सचेत जनताले नेताहरूका चलाखी थाहा पाउन थालेका छन्। ‘वर्षभरि नै सँगै रहनेले पनि चुनावपछि स्थानीयवासीका समस्या समाधान गरेनन्,’ समाजशास्त्री गौतम भन्छन्, ‘यस्तोमा नयाँ घरवालाले खासै लाभ पाउने देखिन्न।’ चुनावी घरले मात्र निर्वाचन जिताउँदैन भन्ने उदाहरण अघिल्लो निर्वाचनमा कैलालीमा देखिएको थियो। २०७४ सालको आमनिर्वाचनमा ‘टुरिस्ट’ उम्मेदवारको संज्ञा दिन थालिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा आरजु राणा देउवाले धनगढीमा झन्डै ३ करोड मूल्यको भव्य घर किनिन्।

कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेकी आरजुले घर किनेर आफू स्थानीय नै भएको देखाउने प्रयास गरिन्। तर उनको प्रयास असफल भयो। उनी त्यतिबेला वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग पराजित भइन्। त्यो भव्य घर चुनावी प्रयोजनबाहेक प्रयोगमा आउन सकेन।

चुनाव घोषणालगत्तै जात्रा–पर्वदेखि जन्त–मलामीसमेत लाग्न आउने तर अन्य बेलामा जनताको समस्या नदेख्ने प्रवृत्ति राजनीतिक दलका नेताहरूमा बढेको पाण्डेको बुझाइ छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन
बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने
भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

ताजा

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.