• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

२०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

आज बडादसैँको आठौँ दिन महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व सोमबार नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।

आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

आजैका दिन राति कालरात्रिका रूपमा पशु बलिको विधि र पूजाआराधनासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ ।

आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरू गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरहरूमा पनि बलिसहित पूजाआजा गर्नेहरूको बिहानदेखि भीड लाग्ने गर्छ ।

यसैगरी उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरूमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्दछ ।

आजको दिन कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।

देवीका शस्त्रअस्त्रसहित चतुरङ्गीणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशु बलि नचढाउनेहरूले भने आज पूजा कोठामा आ–आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।

महाअष्टमीका दिन राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ । कोरोना महामारीका कारण विसं २०७७ मा भने हनुमानढोकामा बलिसहित पूजा रोकिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?
    रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक
    २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

    २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?
    • कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    • रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक
    • २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.